कविता - 'यी आँखालाई सोध त' : Hiraaz Ensirc

मलाई तिमि प्रति कुनै गुनासो छैन, कुनै दुखेसो छैन, कुनै निराशा छैन। अझ भनौ भने कुनै प्रश्न नै छैन। छ त केवल हरदम् निसङ्कोच बगिरहने माया नै मायाको सागर। आकास जस्तै असीमित तवरले फैलिएको माया नै मायाको फराकिलो आकार।


जिन्दगीमा सबै चाहेको कुरा कहाँ पाइन्छ र? पाउनै पर्ने भन्ने पनि त छैन नि। कतिपय चिजको माया अनुस्पस्थितिमा अझ प्रगाढ हुदो रहेछ। अझ भनौ , आफु सामु हरदम भईरहदा कुनै पनि चिज महत्वहीन हुदो रहेछ।


हामी मानवको स्वभाव नै अनौठो, जे छ त्यसमा रमाउन सक्दैनौं। नहुदा मरिहत्ते गर्छौं, हुदा पटक्कै वास्ता गर्दैनौं। तिमी नहुदा हरपल तिमी सामु हुन मन लाग्थ्यो, जब तिमी आयौ तिमी प्रतिको माया, चाहाना, इच्छा, आकाङ्छा सबै विलिन भए। अनि तिमि गयौ मेरा यी सब चिजले तिम्रो खोजि गर्न थाले। आँखाले तिम्रो आकृति, हृदयले तिम्रो न्यानो माया, जिन्दगीले साथ अझ कति हो कति। जसको कुनै गणितीय तरिकाले हिसाब गर्न सम्भव छैन। 

मलाई आजकल यी हवाहरु, फूलहरु, ताराहरु, बादलहरु, देउरालिहरु, चौतारीहरु, बाटाहरु, झन् तिमीसंग बिताएका ति अविस्मरणीय पलहरु अनि ती चिजहरु औधी प्रिय लाग्छन्। हरपल, हरक्षण, हरघडी, तिमिसंगै भएको आभास दिलाउछन्। 

म एक्लै टोलाइ रहन्छु तिम्रो कल्पनामा, यादहरुमा। हो, सत्य हो, नपत्याए यी आँखालाई सोध त कति धेरै आकृति बनाउछन्, यो मनलाई सोध त कति धेरै माया जमाएको छ।
 
हो, अब जनम-जनमलाइ...।

No comments

Theme images by Jason Morrow. Powered by Blogger.