महिनावारी किन अनियमित हुन्छ ? यसको जटिलता र समाधानबारे जान्नुहोस्

महिनावारी किशोरी अवस्थामा सुरु हुन्छ । प्रायः ११ देखि १४ वर्षमा महिनावारी सुरु हुन्छ । प्रथम पटक महिनावारी भइसकेपछि महिनावारी अनियमित हुन्छ ।

महिनावारी हुने इन्टरभल (समयावधि) ३ देखि ५ हप्ता हो । औसतमा ४ हप्ता वा महिना–महिनामा हुने हुनाले नै मिन्सुरेन्सलाई महिनावारी भन्ने गरिएको हो । यदि ५ हप्ताभन्दा पनि बढी समयमा मात्रै महिनावारी भयो भने त्यसलाई ढिलो वा अनियमित भनिन्छ । महिनावारी नियमित र अनियमित दुबै हुन्छ ।

इन्टरभल त्यति धेरै फरक परेन भने नियमित भनिन्छ । तर कहिले धेरै छिटो त कहिले धेरै ढिलो अथवा लगातार रक्तश्राव हुनुलाई अनियमित भनिन्छ । महिनावारी सुरुदेखि बन्द नहुने अवधि प्रजनन् अवधि हो । सुरुको महिनावारीलाई रजस्वला (मेनार्की) भनिन्छ भने अन्तिम वा बन्द भएको महिनावारीलाई रजनोवृत्ति (मेनोपज) भनिन्छ ।

महिनावारी भइसकेपछि पनि अनियमित हुन्छ । छिटोढिलो हुनु भनेको मेच्युरिटी नभएर हो । कसै कसैको पहिलो पटक भएर २/४ वर्ष नै हुँदैन, त्यसपछि फेरि हुन्छ । त्यो सामान्य हो, त्यसले केही असर गर्दैन । तर धेरै वर्षसम्म नै भएन भने पछि बच्चा नहुने हुन्छ, त्यसैले चिकित्सकलाई देखाउन जरुरी छ ।

महिनावारी घटबढ हुँदा औषधि खानुहुँदैन । औषधिले झन् समस्या ल्याउँछ, असर गर्छ । औषधि दिनेलाई सबै कुरा थाहा हुँदैन । औषधि (हर्मन) दिने हो कति मात्रा, कति समय खाने भन्ने थाहा नहुँदा वा तरिका नजानेर पनि महिनावारी घटबढ हुन्छ । विभिन्न महिलाहरुले श्रीमान विदेश गएपछि परिवार नियोजनको साधन चक्की औषधि सेवन गर्न छोड्छन्, त्यसले समस्या ल्याउँछ । 

त्यो छोड्नु हुँदैन, कण्डम प्रयोग गरे जसरी औषधि पनि यौन सम्बन्ध राख्दा मात्रै खानुहुँदैन । चिकित्सकले दिएको सुझावअनुसार खानुपर्छ । तर कतिले सुझावअनुसार गर्दैनन्, त्यसले पछि समस्या ल्याएर फेरि चिकित्सककहाँ जानुपर्ने बाध्यता हुन्छ ।

किशोरावस्थामा अनियमित हुने कारण

मेच्युरिटी नपुगेर पनि नहुने हुन्छ । ब्रेनदेखि ओभरीसम्मको कन्ट्रोल गर्ने मेकानिजम मेच्योर नहुञ्जेल महिनावारी नियमित हुँदैन । त्यसैले पहिलो पटक भएपछिको १/२ वर्ष अनियमित हुने वा महिनावारी नै नहुने पनि हुन्छ । यो मेच्युरिटी नपुगेर हो ।

वयष्क उमेरमा अनियमित हुने कारण

गर्भसँग सम्बन्धित समस्याहरु जस्तै– गर्भपतन, सुत्केरी हुने र शालबाट उत्पन्न हुने ट्युमरहरुका कारण हुन्छ । परिवार नियोजनका साधनहरुको अनियमित प्रयोग तथा तिनिहरुको साइड इफेक्टले पनि अनियमित हुन्छ ।

प्रजनन् तथा यौन अंगको संक्रमण वा प्रजनन् अंगमा हुने ट्युमर पलाउने जस्ता अवस्थाहरु र कतिपयको अनियमित गराउने कारणमा राम्रोसँग ह'र्मोनल औषधि राम्रोसँग सेवन नगरेको कारणले गर्दा पनि अनि'यमित हुन्छ ।

४० वर्ष उमेर नाघेका महिलामा

  • गर्भसँग सम्बन्धित कारणले
  • हर्मन असन्तुलन हुनाले
  • क्या'न्सर वा ट्युमर पलाउने अवस्थाका कारण

महिनावारी बन्द भइसकेपछि पनि अनियमित रगत जाने हुन्छ । त्यो महिनावारी होइन, त्यसलाई महिनावारी भन्दैनन् । योनीमार्गको सतहहरु पातलो भई सानो रक्तकोषिका फुटेर रगत जाने हुन्छ । मेडिकल भाषामा यसलाई भजाइनल एट्रोफि भनिन्छ । अर्को पाठेघरको भित्रको सतह पनि पातलो भई रगत जाने हुन्छ, यसलाई एट्रोफिक इन्डोमेट्राइटिस भनिन्छ । यसले पनि रक्तश्राव हुन्छ । पाठेघर वा पाठेघरको मुखको क्या'न्सर वा प्रि क्या'न्सर हुँदा पनि रगत जान सक्छ ।

जटिलताहरु

  • रक्तअल्पता वा एनिमिया हुने
  • व्यक्तिगत तथा सामाजिक अस्वस्थता
  • यौन जीवनमा समस्या
  • बाँझोपनको समस्या
  • यौनाङ्ग क्यान्सरको समस्या

यदि शल्यक्रिया गर्नुपर्ने अवस्था आयो भने त्यसपछिका समस्या झन् थपिँदै ज'टिलताहरु आउँछन् । समयमा नै उपचार नभए मृत्यु समेत हुन सक्छ ।

बच्ने उपाय

  • अनियमितता भएपछि सम्बन्धित विशेषज्ञसँग नै परिक्षण गराउने
  • समयमा नै र उचित रुपमा औषधि सेवन गर्ने
  • क्या'न्सर स्क्रिनिङ टेस्ट गर्ने

प्रिक्यान्सर स्टेजमा नै रोग पत्ता लाग्दै उपचार गर्न सके क्यान्सर हुनबाट बचाउन सकिन्छ ।

खानेकुरा

रक्तअल्पतालाई कम गर्न नियमित रुपमा आइरन, फोलिक एसिडलगायतका भिटामिन तथा लवणहरु चिकित्सकको सल्लाह बमोजिम सेवन गर्नुपर्छ । भिटामिन तथा पोषणयुक्त खानेकुरा खानुपर्छ ।

(परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका डा. बरालसँग यसिमा महतले गरेको कुराकानीमा आधारित)

Post a Comment

तपाइको प्रतिक्रिया यहाँ तलको कोठामा छोड्नुहोस् !

पछिल्लो पोष्ट अर्को पोष्ट