विश्वको सबभन्दा ठूलो सफ्टवेयर कम्पनी माइक्रोसफ्टका मालिक बिल गेट्सका २० महान भनाइहरु

बिल गेट्स त्यो नाम हो जब हामी कम्प्युटरकोबारे सोच्छौं तव उनलाई सम्झिन्छौ। उनलाई कम्प्युटरको पिता मानिन्छ। उनी माइक्रोसफ्ट, विश्वको सबभन्दा ठूलो कम्प्यूटर सफ्टवेयर कम्पनीको मालिक हुन ।

गेट्स एक सफल उद्यमी, लगानीकर्ता, समाजसेवी, कम्प्यूटर प्रोग्रामर र आविष्कारक हुन । उनले आफ्नो सबै आविष्कारहरू र जीवनको हरेक क्षेत्रमा कम्प्युटरको प्रयोगको कल्पना गर्न एक दूरदर्शी दृष्टिकोणको साथ कम्प्युटरलाई घरेलू उत्पादनमा रूपान्तरण गरे। यहाँ तपाईंलाई उत्प्रेरित गर्न बिल गेट्सका केहि प्रेरणादायी भनाइहरू छन्।

१. सफलता एक घटिया शिक्षक हो जसले एक स्मार्ट व्यक्तिलाई यो सिकाउँछ कि उसलाई कसैले हराउन सक्दैन ।

यो बिल गेट्सले भनेको चर्चित भनाइ हो । बिल गेट्सले ठिक भनेका छन् कि सफलताले मान्छेलाई घमण्डी बनाउछ जव मानिस सफल हुन्छ तव उसले आफुलाई सबै भन्दा शक्तिशाली सोच्न थाल्छ र अन्तत यहि सोच र घमण्डले मान्छेलाई बर्बाद गरि दिन्छ ।

२. आफूलाई यस संसारको कुनै अरु व्यक्ति संग तुलना नगर्नुहोस् । यदि तपाईंले त्यसो गर्नुहुन्छ भने, तपाईं आफैले अपमान गरिरहनु भएको छ।

सबैजना अद्वितीय छन्, र आफु आफु हुनुमा गर्व हुनुपर्छ। सफल हुनु व्यक्तिपरक कुरा हो। जिन्दगीमा सफल हुने बारे होइन जीवनसँग खुशी हुनु बारे सोच्नु महत्वपूर्ण छ ।

३. तपाइँको सबैभन्दा दुःखी ग्राहक तपाइँ लाइ पाठ सिक्ने सब भन्दा ठूलो स्रोत हो।

४. जीवन सजिलो छैन - यस्तै जिन्दगीको बानि पार १ जीवन अरुले तयार पारि दिएर प्रयोग गर्न रेडि भएको सामान जस्तो हुदैन जो सजिलै प्रयोग गर्न सकिन्छ । जीवन दुख कस्ट र समस्याले भरिएको हुन्छ ,जीवनबाट असन्तुष्ट हुनुको सट्टा यसलाई स्वीकार गर्न उत्तम हुन्छ।

५. धैर्यता नै सफलताको एक महत्वपूर्ण तत्व हो।

६. सफलताको उत्सव मनाउ ठिक छ, तर असफलताले सिकाएको पाठलाई ध्यान दिनु त्यो भन्दा नि महत्त्वपूर्ण हुन्छ।

७. ठूलो जित हासिल गर्न, तिमीले कहिलेकाँही ठूलो जोखिम उठाउनु पर्दछ।

८. म कडा काम गर्न अल्छी मान्छे रोज्छु । किनकि अल्छी मान्छेले यसो गर्ने सजिलो तरीका खोज्न सक्छ ।

९. यदि तिमीलाइ तिम्रो शिक्षक कठोर लाग्छ भने मालिकको प्रतीक्षा गर ।

१०. दुनियाँले तपाइको आत्मबिश्वासको कुनै मतलब गर्दैन बस तिमीले काम पुरा गरेउ गरेनौ यसको मतलब गर्छ ।

११. आफ्नो गल्तिको दोष अरुलाइ नदिनुहोस बरु गल्तिबाट केहि सिक्नुहोस ।

१२. तिमी जन्मिनु पहिले तिम्रा मातापिता त्यति बोरिङ्ग थिएनन जति अहिले छन् ,तिम्रो हरेक कुराको बिल तिर्दा, तिम्रो कुरा सुन्दा तिम्रो माग पुरा गर्दा उनीहरु बोरिङ्ग भएका हुन् त्यसैले उनीहरुको सम्मान गर ।

१३.हाम्रो ब्यवहार परिवर्तनमा धेरै पैसा लुकेर बसेको छ ।

१४. ति व्यक्ति महान परोपकारी हुन् जो बलिदान गर्न पछि पर्दैनन् ।

१५. गरिबलाई सहयोग गर्नु नै धनी हुनु हो ।

१६. पैतृक सम्पतिमा घमण्ड गर्नु मुर्खता हो किनकि त्यो तपाइको आफ्नो कमाइ होइन ।

१७. म त्यहि गर्न मन पराउछु जे गर्दा मलाइ आनन्द आउँछ ।

१८. यदि आशा सत्य हो भनेर बिश्वास गरियो भने आशा पहिलो श्रेणीको सत्य हो ,काम गर्दा आशावादी हुनु आवश्यक छ ।

१९. हामी चरम गरिबी र रोग समाधान गर्न सक्दैनौं ,संसार बिग्रँदैछ भन्ने विश्वास केवल गलत छैन, यो हानिकारक छ।

२०. गरिव भएर जन्मिनु तिम्रो दोष होइन तर गरिव भएर मर्नु तिम्रो दोष हो ।

Post a Comment

तपाइको प्रतिक्रिया यहाँ तलको कोठामा छोड्नुहोस् !

पछिल्लो पोष्ट अर्को पोष्ट