फेरि लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस, के छ सीसीएमसीको भनाई ?

स्वास्थ्य मन्त्रालयले कोरोणा संक्रमण रोक्न फेरि लकडाउन गरेर जान कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसीलाई सिफारिस गरेको छ ।

संक्रमणको जोखिम नियन्त्रणमा आउनुको सट्टा झन् बढेको भन्दै मन्त्रालयले यस्तो सिफारिस गरेको हो ।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा आज बेलुका सिंहदरबारमा बसेको सीसीएमसी निर्देशक समितिको बैठकमा मन्त्रालयले स्मार्ट लकडाउनगरेर संक्रमण नियन्त्रण गर्नु पर्ने प्रस्ताव पेश गरेको बैठकमा सहभागी एक प्रतिनिधिले बताए ।

बालुवाटार श्रोतका अनुसार संक्रमण दर, संक्रमण संख्या, अस्पतालमा पूर्वाधार लगायतको अवस्था हेरेर निर्णयमा पुग्नु पर्ने सुझाव आएको छ ।

‘स्मार्ट लकडाउनको अवधारणा पेश भएको र आजैदेखि छलफल सुरु भएकोले संक्रमणको आधारमा निर्णय हुने श्रोतको दाबी छ ।

Post a Comment

तपाइको प्रतिक्रिया यहाँ तलको कोठामा छोड्नुहोस् !

पछिल्लो पोष्ट अर्को पोष्ट