हामीले फलफूल कुन समयमा खाने ? कुसमयमा खाँदा स्वास्थ्यलाई के हुन्छ ?

काठमाडौं - विरुवामा फूल फुलेर वा जरामा विकास भएर फल्ने चिजलाई फल भनिन्छ। प्राय धेरैजसो फल खाद्यान्नका रूपमा प्रयोग गरिन्छ।

फलफूल हाम्रो शरीरका लागि पौष्टिक तत्त्वका गजब स्रोत हुन् । हामीले नियमित फलफूल खाने गर्नुपर्छ ।

फलफूल जतिखेर खाएपनि हुन्छ भन्ने हामीलाई लाग्छ र कुसमयमा खाँदा स्वास्थ्यलाई राम्रो गर्दैन । फलफूल खाने सही समय हामी बताउँछौं ।

आयुर्वेदले अन्य खानाहरु जस्तै फलफूल खानको लागि समेत विभिन्न नियम बताएको छ । अहिले विज्ञानले रासायनिक प्रतिक्रिया भएर फलहरुको मिश्रणले शरीरलाई नोक्सानी गर्ने बताउँछ ।

त्यस्तै, रासायनिक प्रतिक्रियाको कुरा नगरे पनि आयुर्वेदले प्राचीनकालमा नै खाना सम्बन्धी समय र नियमहरु प्रस्तुत गरेको छ । जस्तो बिहान अमिलो, दिउँसो रायो ९साग० र बेलुका मुला खानु मृत्युलाई निमन्त्रण दिनु समान हो भन्ने आयुर्वेदिक मान्यता छ ।

यसलाई हाम्रो दैनिक जीवनमा समेत एउटा कहावतको रुपमा प्रयोग गर्ने गरेका छौं । त्यसैगरी अरु पनि आयुर्वेदले विभिन्न किसिमका कुराहरु उल्लेख गरेको हुन्छ ।

बिहान खाली पेट फलफूल खाने सबभन्दा सही समय हो । शरीरलाई कुनै पनि आहारको पोषक तत्त्व पचाउनका लागि एन्जाइम बनाउने आवश्यकता हुन्छ

खाली पेटमा फलफूल खाँदा शरीरका एन्जाइमले फलका पोषक तत्त्व सजिलै पचाउँछन् ।

खाना खानेबित्तिकै फलफूल नखानुस् । भरिएको पेटमा फलफूल खाँदा शरीरले पचाउन गाह्रो मान्छ । पेट पोल्ने, अपच, भारी हुने जस्ता समस्या यसबाट आइलाग्छन् । त्यसैले खाना खाएको तीन घन्टापछि मात्र फलफूल खानुस् ।

फलफूलहरु

पोषणविद्हरूका अनुसार बिहान खाली पेटमा अनि दिउँसो ब्रेकफास्ट र लन्चका बीचमा फलफूल खाँदा सबभन्दा बढी फाइदा हुन्छ ।

सही समयमा फलफूल खानु त पर्छ नै, सही तरिकाले खानु पनि उत्तिकै जरूरी छ । फलफूललाई सलादका रूपमा खाँदा बढी फाइदा हुन्छ । दहीसँग वा नूनसँग फलफूल खाँदा गजब हुन्छ तर एसिडिटीको समस्या छ भने चाहिँ सलाद नखानुस् ।

बच्चाहरूलाई फलफूलको जुस पिलाउनु उपयुक्त हुन्छ ।

Post a Comment

तपाइको प्रतिक्रिया यहाँ तलको कोठामा छोड्नुहोस् !

पछिल्लो पोष्ट अर्को पोष्ट