पैसा नजोगिएर हैरान हुनुहुन्छ ? बचत गर्न यी उपाय अपनाउनुस्

भनिन्छ, पैसा सबथोक होइन । तर केही जरुर पनि हो । हरेक सपनालाई साकार तुल्याउन र दैनिक जीवन निर्वाहका लागि पनि पैसाको आवश्यकता पर्छ ।

प्रायजसो मानिसहरु पैसा जति भयो त्यति खर्च गर्ने प्रवृत्तिका पनि हुन्छन् । जसको आम्दानी भन्दा बढी खर्च गर्ने बानी हुन्छ । तर जति कमाइन्छ त्यसमध्ये थोरै बचत गर्नुपर्छ । आफ्नो कमाइअनुसारको जीवनशैली बिताउन सकेमा सन्तुष्टि आफैं मिल्छ ।

यसरी गर्नुस् बचत

  • सामान किनमेल गर्न जानुअगाडि आफुलाइ आवश्यक रहेका कुराहरूको लिस्ट बनाउनुहोस् ।
  • बजारमा किनमेल गर्दा पहिला आफुलाइ आवश्यक परेका कुराहरू मात्र खरिद गर्नुहोस् । पैसा बच्यो भने मात्र ती बाहेकका कुरा किन्रेबारे सोच्नुस् ।
  • घरमा खुत्रुके राख्नुस् ।
  • सामानको भाउ घटाएर किन्रुभो भने त्यो छुट पाएको पैसा खुत्रुकेमा राख्नु्स् ।
  • दक्षिणा आउने पैसा खुत्रुकेमा जम्मा गर्नुस् ।
  • एक रूपियाँको सिक्काको महत्व पनि धेरै हुन्छ । सिक्का पैसाहरू खुत्रुकेमा राख्ने गर्नुस् ।
  • कसैलाइ उपहार दिँदा पुस्तक, कलम उपहार दिनुस् । यसले तपाइको पैसा पनि केही बच्छ भने पठन सँस्कृतिको पनि विकास हुन्छ।
  • बजारको हल्ला पछाडी हिड्नुभन्दा त्यो सामानबारे राम्ररी जानकारी लिएर मात्र खरिद गर्नुस् ।
  • आफ्नो आम्दानी र खर्चको लेखाजोखा गर्ने बानी बसाल्नुस् ।
  • यदि तपाइ विधार्थी हुनुहुन्छ भने पनि आफ्नो घरको आम्दानीको स्रोत, खर्च, आर्थीक व्यवस्थापन आदिको बारेमा जानकार रहनुस् ।
  • अनावश्यक सामानमा पैसा नफाल्नुस् ।
  • धुम्रपान र मधपान गर्न छोड्नुस् ।
  • बाहिरको खाना र जँक फुड छोडेर घरको खाना खाने बानी गर्नुस् ।

Post a Comment

तपाइको प्रतिक्रिया यहाँ तलको कोठामा छोड्नुहोस् !

पछिल्लो पोष्ट अर्को पोष्ट