घर किन्ने वा बनाउने योजनामा हुनुहुन्छ ? ख्याल गर्नुहोस् यी १५ कुरा

प्रत्येक मानिस आफु बस्ने घर हरेक तवरबाट राम्रो होस् भन्ने चाहना राख्दछन् । यो स्वभाविक पनि हो, बर्षौको मेहनतलाई खन्याएर बनाइने सपनाको घरमा कुनै खोट रहनु हुदैन । तर पछिल्लो समय मानिस राम्रो र आर्कषक घर बनाउने नाममा वास्तुलाई अनुसरण गरको पाइदैन ।

आधुनिकताका नाममा बनाइने यस्ता घरमा वास्तुको उपेक्षा हुने गरेको छ । वास्तु आफैमा एउटा विज्ञान हो । तसर्थ कुनै पनि घर बनाउँदा वास्तु अनुसार बनाउनु राम्रो हुन्छ ।

नयाँ घर बनाउँदा वास्तुका निम्न उपाय अपनाउन उत्तम हुन्छ

१. वास्तु अनुसार घरमा पर्याप्त प्रकाश तथा हावा आउजाउ गर्ने हुनुपर्छ ।

२. बेडरुममा खुट्टा उत्तर र टाउको दक्षिण दिशामा हुनुपर्छ । साथै ढोकातर्फ खुट्टा हुनु हुँदैन ।

३. वास्तु अनुसार शौचालय घरको पश्चिम दिशामा बनाउनु उत्तम हुन्छ ।

४. घरको आग्नेय कोणमा भान्साकोठा र खाना खादाँ पूर्व वा उत्तर मुख फर्किने हुनुपर्छ ।

५. घर बनाउँदा दुर्गन्धित ढल, ग्यारेज वा वर्कसप नजिक हुनु राम्रो मानिदैन ।

६. भिरालो परेको जमिनमा तथा खोंचमा घर बनाउनु उपयुक्त हुँदैन ।

७. घरको प्रवेशमार्ग चौडा हुनुपर्छ, यस्तो घर बसोबासका लागि उपयुक्त मानिन्छ ।

८. त्रिभूज आकारको जग्गामा घर बनाउनु हुदैन । बनाउनु मात्र होइन किन्नु पनि हुदैन ।

९. एकातर्फ चौडा र अर्कातर्फ कम भएको जग्गामा घर बनाउनु शुभ मानिदैन ।

१०. घरमा सानो भएपनि भान्सा, बगैंचा र मूख्य द्वार बनाउने क्षेत्र हुनुपर्छ ।

११. मूख्य ढोकाको सामुन्नेमा पर्खाल पार्नु हुदैन ।

१२. ठुलो पानि ट्यांकीको छायाँ पर्ने स्थलमा घर बनाउनु पनि योग्य मानिदैन ।

१३. दुई ठूला घरको बिचमा सानो घर बनाउनु उपयुक्त हुँदैन ।

१४. कुनै पनि बाटो वा गल्लीको अन्तिम केन्द्रमा बनेको घर खरिद गर्नु उपयुक्त मानिदैन ।

१५. सडक किनारमा बनेको घर खरिद गर्नु शुभ मानिदैन ।

Post a Comment

Previous Post Next Post