हरेक मानिसमा आफु राम्रो र सुन्दर देखिने चाहाना हुन्छ । त्यसैले मानिस बिभिन्न सौन्दर्य सामग्रीको प्रयोग गर्ने र सुन्दरतामा ध्यान दिने गर्दछन् ।

तर कतिपय अवस्थामा सही ज्ञान नहुदाँ मेकअप सामग्री कसरी प्रयोग गर्ने भन्ने जानकारी हुदैन । यस्तोमा ती सामग्रीको गलतप्रयोग भएमा सौन्दर्यता बिग्रने खतरा हुन्छ ।
आज हामी कसरी कपाल रंग्याउने भन्ने बारे जानकारी दिदैछौ
- कपालमा मेहेन्दी लगाउनु अघि टाउकोलाई मज्जाले सैम्पुले धुनु पर्दछ ।
- टाउको पखाल्दा सकेसम्म साबुनको प्रयोग गर्नुहुदैन ।
- सैम्पु गरिसकेपछि कपाललाई मज्जाले सुक्न दिनु पर्दछ ।
- त्यसपछि मेहन्दिका प्याकेटको निर्देशन अनुसार सफा कचौरामा मेहन्दी तयार पार्नुपर्दछ ।
- मेहन्दिको लेप बनाउन प्याकेटमा उल्लेखित मात्राअनुसार ठिक्क पानीको प्रयोग गर्नुपर्दछ ।
- त्यसपछि मेहन्दीलाई ब्रसले मजासँग फिट्नु पर्दछ । मेहेन्दी जति फिट्यो त्यति राम्रो ।
- मेहन्दीको लेप तयार भएपछि सुकेको कपालमा लगाउनु पर्दछ ।
- मेहन्दी केश बाहेक छालामा लाग्ननदिन बेकामे तर सफा तौलियाले शरीर ढाक्नु पर्दछ ।
- मेहन्दी लगाउँदा ब्रसलाई बिस्तारै चगाए सबै तिर सहजै लगाउन सकिन्छ ।
- कपालमा मेहन्दी लगाइसकेपछि १५ देखि ३०मिनेटसम्म रहन दिनुपर्छ ।
- आवश्यक अवधीसम्म राखेपछि मेहन्दी पखाल्दा पहिलो पटक पानीले मात्र पखाल्नुपर्छ ।
- दोस्रो पटक मात्र सैम्पु प्रयोग गर्नु उपयुक्त हुन्छ ।
Tags:
जीवनशैली