सुन्दरताका लागि मेकअपको विशेष महत्व रहन्छ । कुनै सभा, समारोह होस् वा चाडपर्व महिलाहरु मेकअप बिना जान चाहँदैनन् ।

तर कतिपय अवस्थामा छोटो अवधीमा नै कार्यक्रममा पुग्नु पर्ने बाध्यता हुन्छ । यस्तोमा हतारहतार मेकअप गर्दा महिलाको सुन्दरता निखारता आउन पाउँदैन ।
त्यसैले आज हामी कम समयमै मेकअप गर्ने उपायबारे चर्चा गर्नेछौ ।
- अनुहारमा सबैभन्दा पहिला प्राइमर लागाउनुहोस् यसले मेकअप लामो समयसम्म रहन्छ ।
- प्राइमरपछि निधार, नाक, चिउँडो र गालामा फाउन्डेसनलाई राम्ररी ब्लेन्ड गनुहोस् ।
- फाउन्डेसनलाई ब्लेन्डपछि हल्का चिसो स्पोन्जले थप रामरी यसलाई ब्लेन्ड गर्नहोस् ।
- फाउन्डेसनपछि अनुहारका दाग छोप्न दाग भएको भागमा बाक्लो कन्सिलर लगाउनुहोस् ।
- त्यसपछि सानो ब्रस वा स्पोन्जको मद्दतले अनुहारको सबैतिर कन्सिलर लगाउनुहोस् ।
- नाकको आसपास, आँखाको मुनी, ओठको छेउमा कन्सिलरको प्रयोग अनिवार्य हुन्छ ।
- आँखाको वरीपरी कन्सिलर वा फाउन्डेसन सेट गर्न ब्रसले गाढा हुने गरी लगाउनुहोस् ।
- यति गरीसकेपछि कपडासँग मिल्दो रंगको आईस्याडो लगाई, गाजल लागाउनुहोस् ।
- आँखाको परेला थप्न चाहेमा यसपछि मात्र नक्कली परेला लगाउन सकिन्छ ।
- त्यसपछि लिपिस्टक लगाउनुहोस् र अन्त्यमा निधारमा सानो टिका लगाउनुहोस् ।
Tags:
टिप्स