गर्भ बसेको वा नबसेको कसरी थाहा पाउने ?

अधिकाशं महिलालाई २८ दिनको चक्रमा महिनावारी हुने गर्दछ । तर कहिलेकाहि २१ देखि ३५ दिनसम्ममा पनि महिनावारी हुनसक्छ । यो समयावधी पनि सामान्य हो ।

तर, बिवाहित महिला जो नियमित सहवासमा हुन्छिन् उनको नियमित रुपमा भइरहेको महिनावारी रोकिए गर्भ रहेको शंका हुने गर्दछ । प्रश्न हुन्छ, महिनावारीको कतिदिनमा गर्भ रहन्छ ?

कसरी थाहा पाउने

महिनावारी भएन वा हुनुपर्ने नियमित समय अनुसार भएन भने गर्भ रहेको हुनसक्छ । तसर्थ महिनावारी समयमा भएन भने गर्भ रहे नरहेको थाहा पाउन बजारमा रहेको बिभिन्न प्रेग्नेन्सी टेस्ट कीटको प्रयोग गर्न सकिन्छ ।

यी कीटले महिनावारीको मिति नाघेपछि गर्भ रहेनरहेको थाहा हुन्छ । तर प्रेग्नेन्सी टेस्ट कीटबाट महिनावारीको मितिको न्युनतम पाँच दिनपछि प्रयोग गर्नु पर्दछ ।

यसले समान्यतया महिनावारी हुनुपर्ने मितिको २ हप्ता अर्थात अन्तिम पिरियड भएको मितिको ६ हप्ता पछि मात्र राम्रो नतिजा दिन्छ । तर नतिजा नआए १ हप्ता पछि फेरि टेष्ट दोहर्‍याउनु पर्छ ।

महिनावारीको कति दिनमा गर्भ रहन्छ ?

महिनावारी भएपछि महिलाको शरीरमा अर्काे अण्ड निस्किन्छ । यस्तोमा यदि ५ दिनसम्म पीरियड चलेको भए त्यस लगत्तै पार्टनरसँग सम्बन्ध भएमा गर्भ रहने सम्भावना हुन्छ । तर महिनावारी भएको ११ दिनपछि शारीरिक सम्पर्क भयो भने यो समयमा गर्भ रहने सम्भावना सबै भन्दा अधिक हुन्छ ।

यदि अर्काे पिरीयड हुनुपर्ने मितिको १२ देखि १४ दिन अघिसम्म शारीरिक सम्पर्क भएमा यो समयमा गर्भ रहने सम्भावना अधिक हुन्छ ।

गर्भवती हुदाँको लक्षणहरु :

  • खान मन नलाग्नु
  • अन्य समयमा भन्दा बढि वान्ता हुनु
  • स्तन सारो वा दुखे झै हुनु
  • धेरै पिसाब लाग्नु
  • शरीर गल्नु, थकानको महशुस हुनु
  • पेटमा ग्यास भरिए झै हुनु
  • छातीमा जलन पैदा हुनु
  • मुखको स्वाद बिग्रनु

Post a Comment

तपाइको प्रतिक्रिया यहाँ तलको कोठामा छोड्नुहोस् !

पछिल्लो पोष्ट अर्को पोष्ट