यस्ता खानेकुराले गराउन सक्छ एलर्जी, समयमै सचेत बनौं

फुड एलर्जी साधारणतया बच्चामा धेरै हुने गर्छ । जुनसुकै उमेर समुह तथा जो कसैलाई हुन सक्ने यस्तो समस्या ४० वर्ष भन्दा कम उमेर समूहका मानिसलाई बढी हुने गर्छ ।

फुड एलर्जी भएमा कसैलाई भण्टाका कारण एलर्जी हुने गर्छ भने कसैलाई अण्डाको एलर्जी हुने गर्छ । एलर्जी भएमा पेट फुल्ने, पेट दुख्ने, वाकवाकी ,वाग्ने, वान्त हुने, दिशा लाग्ने, शरीरमा विमिरा आउने, फोका आउने गर्दछ ।

यस्ता समस्या कसैमा २-४ मिनेटसम्म रहन्छ भने कसैलाई दुई-चार घण्टा सम्म पनि भइरहन सक्छ ।

किन हुन्छ फुड एलर्जी ?

जब व्यक्तिको शरीर खानाप्रति बढी कि्रयाशील हुन्छ, त्यतिबेला फुड एलर्जीको समस्या पैदा हुने गर्छ । यति सम्मकी कहिलेकाही प्रोटिनयुक्त खानेकुरा पनि शरीरका लागि हानीकारक हुने गर्छ ।

मानव शरीरको पाचन तन्त्रमा इम्युन सिस्टम हुन्छ, जसलाई इम्युनोग्लोविन ‘ई’ भन्ने गरिन्छ । यसले शरीरमा एलर्जी गराउने कारकतत्व विरुद्ध लड्ने गर्छ ।

के हो फुड एलर्जी ?

हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमताले भाइरस, वैक्टेरिया, लगायतका विषादीसित लड्छ । केही व्यक्तिको रोग प्रतिरोगात्मक सिस्टमले त्यस्ता पदार्थ प्रति पनि प्रतिकि्रया जनाउँछ, जसले शरीरलाई खासै हानी गर्दैन ।

एलर्जिक प्रतिकि्रयाका दौरान रोग प्रतिरोधात्मक क्षमताले लिम्फोसाइड अधिक सकि्रय बनाउँछ, जसलाई टी सेल र बी सेल भनिन्छ ।

टी सेल र बी सेलले शरीरमा एन्टीबडी बनाउँछ । यसले बाहिरी तत्वलाई नष्ट गर्छ । तर जो व्यक्तिलाई खानाको एलर्जी छ, उनीहरुको शरीरले कुनै विशेष पर्दाथ माथि एन्टी बडिज इमोनोग्लोव्युलिन ‘ई’ तथा एक रसायन हिस्टामिन बनाउँछ । जुन कोषिकामा यो उत्पन्न हुन्छ, त्यहाँ सम्बन्धित खानाको एलर्जीको लक्षण देखिन थाल्छ ।

खानाको एलर्जी प्रति शरीरले दुई तरीकाबाट प्रतिकि्रया जनाउँछ, फुड एलर्जी तथा अपच । कयौ खाना यस्ता हुन्छ, जसलाई हाम्रो शरीरले सजिलै पचाउन सक्दैन । जस्तै दूध । दूधलाई हाम्रो शरीरले सजिलै पचाउन सक्दैन जसका कारण अपच हुने वा पखाला हुने गर्छ । यस्ता एलर्जी गम्भीर हुनुका साथै शरीरका लासगि जोखिमपूर्ण हुनसक्छ ।

फुड एलर्जीका लक्षण

  • चिलाउने
  • आँखा, ओठ , अनुहार तथा घाटीमा सुजन हुने
  • पखाला
  • सास लिनमा समस्या उत्पन्न हुने
  • मुटुको धड्कन बढ्ने

एलर्जी गराउने खाद्य पदार्थ

  • गाईकेा दूध वा अन्य दूग्धजन्य उपात्दन
  • ग्लुटेनयुक्त गहु लगायतका उत्पादन
  • बदाम
  • अण्डा
  • सोयाविन
  • मकैको सेवन
  • माछा

एलर्जन खानामा पाइने त्यस्तो तत्व हो, जसले एलर्जीको समस्यालाई बढाइदिन्छ । साधारणतया ग्लूटेनयुक्त खानेकुराको सेवनले एलर्जी हुने गर्छ। कयौं मानिसलाई भण्डा, अण्डा, कर्कला, भिण्डी, मेवा, फर्सीका कारण पनि एलर्जी हुनसक्छ । एलर्जी भएमा चिकित्सकलाई जाच गराउनु आवश्यक छ ।

Post a Comment

तपाइको प्रतिक्रिया यहाँ तलको कोठामा छोड्नुहोस् !

पछिल्लो पोष्ट अर्को पोष्ट