भात भर्सेस रोटी : कुन बढि खाने, कुन कम खाने ? जानिराखौं

हामी बिहान-बेलुकी भात खान्छौ । भात अर्थात् चामल । हाम्रो बुझाईमा चामल नै भात हो । कतिपयको जिब्रो रोटीमा पनि अभ्यस्त छ । दुबै अन्न हो । र, दुबै कार्बोहाइड्रेडको स्रोत पनि । त्यसैले द्विविधा हुन्छ, रोटी खाने कि भात ? कुन उचित ?

के खाने ?

भातको तुलनामा रोटी पकाउन झन्झटिलो हुन्छ । समय पनि बढी खर्च हुन्छ । त्यसैले सजिलो र छिटोको हिसाबले भात सहि हुन्छ ।

तर, स्वास्थ्यको लागि रोटी गुणकारी हुन्छ । किनभने रोटीमा फाइबर हुन्छ, जो पाचन यन्त्रका लागि एकदमै उपयोगी हुन्छ । चामलमा सामन्य कार्बोहाइड्रेट र स्टार्च हुन्छ, फाइबर हुँदैन ।

सन्तुलन मिलाउनुहोस्

चामलको तुलनामा रोटीको सेवन राम्रो हो, स्वास्थ्यका लागि । यद्यपी रोटी र चामललाई सन्तुलित ढंगले सेवन गर्नु अझ बढी फाइदाजनक हुन्छ । सादा सेतो चामल चाहि खानका लागि त्यती राम्रो होइन । यदि चामल नखाई हुन्न भने त्यसमा सब्जी हालेर पकाउनुहोस् ।

१. रोटीमा चामलमा भन्दा बढी फाइबर हुन्छ, जसले पाचन क्षमता बढाउँछ । कब्जियतको समस्या हुन दिदैन ।

२. रोटी सेवन गर्दा चामलको तुलनामा ब्लड शुगर लेभल कम मात्रामा बढ्छ । यसले मधुमेह जस्ता रोगको खतराबाट बचाउँछ ।

३. रोटीमा रहेको कार्बोहाइड्रेट्स पचाउनका लागि शरीरले धेरै शक्ति खर्च गर्छ, जसले गर्दा मोटोपनको संभावना कम हुन्छ ।

४. रोटी पचाउन चामलको तुलनामा बढी समय लाग्छ । पेट लामो समय भरिन्छ । र, ओभरडाइटिङबाट बचाउँछ ।

चामललाई कसरी हेल्दी बनाउने ?

कतिलाई रोटी मन पर्दैन । चामल नै खानुपर्ने हुन्छ । उनीहरुले चामल सेवन गर्दा केहि तरिका अपनाउन सक्छन्, जसले चामल स्वस्थ्यकर हुन्छ ।

  • चामलमा सब्जि हालेर पकाउनुहोस् । वा सब्जीसँग सेवन गरौ । यसले गर्दा चामलको मात्रा कम हुन्छ । फाइबर र भिटामिन पनि प्राप्त हुन्छ ।
  • चामललाई कुकरमा पकाउनुभन्दा पित्तलमा धेरै पानी हालेर पकाउनु राम्रो हो । पानी उम्लिएपछि चामलको स्टार्चवाला पानी बाहिर निकाल्नु पर्छ ।
  • चामल मात्र सेवन नगरौ । यससँगै रोटी, सब्जी, दाल, दहीको कम्बिनेसन मिलाउनु पर्छ ।

Post a Comment

तपाइको प्रतिक्रिया यहाँ तलको कोठामा छोड्नुहोस् !

पछिल्लो पोष्ट अर्को पोष्ट