मुखबाटै थाहा हुन्छन् यी ९ रोगका लक्षण

हाम्रो मुखबाट नै विभिन्न रोगको थाहा हुन्छ । मुखमा देखिने परिवर्तनले विभिन्न स्वास्थ्य सम्बन्धि समस्याको संकेत गर्छ। मुखको दुर्गन्धले डायबिटिज, पेटमा खराबी वा कलेजो रोगको संकेत गर्छ ।

तसर्थ लगातार मुख गन्हाउँछ भने यसलाई गम्भीर रुपमा लिनुहोस् । लगातार मुख गन्हाउनुले दाँतको रोगको पनि संकेत गर्छ।

युवा अवस्थामै दात झर्नु किड्नी रोगको लक्षण भएको विभिन्न अध्यनहरुले देखाएका छन् । जिब्रोमा लेठ लाग्नुले कमजोर पाचन प्रणाली र भाइरल संक्रमणको संकेत गर्छ । दाँत पहलो हुनु कलेजोको खराबी र पहँेलो रोगको लक्षण हो ।

जिब्रो सेतो लेठ लाग्नु यो एनिमिया वा रक्त अल्पताको संकेत हो । शरीरमा प्रर्याप्त रगत नहुँदा यस्तो समस्या देखिन्छ । दाँतको इनामेल कमजोर हुनुले एसिडटीको लक्षण गर्छ ।

निन्द्रामा दाँत किट्नु स्ट्रेसको लक्षण हो । स्ट्रेसमा कोर्टिसोल नाम गरेको हर्मोन अत्यधिक उत्पादन हुन्छ । जसका कारण दाँत किट्ने समस्या हुन्छ । भिटामिन बीको अभावले पनि ओठ फुट्छ।

Post a Comment

तपाइको प्रतिक्रिया यहाँ तलको कोठामा छोड्नुहोस् !

पछिल्लो पोष्ट अर्को पोष्ट