ढाड दुख्ने समस्या छ ? यसरी निको पार्नुहोस्

मेरुदण्डको दुखाइ धेरैको समस्या हो। स्पाइनमा ’भर्टिब्रा’ भनिने हड्डीहरुको समूह हुन्छ। मेरुदण्डमा नसा हुन्छ, जसलाई ’स्पाइनल कर्ड’ भनेर चिनिन्छ। मेरुदण्डबाट पनि हा“गाहरु फैलिएका हुन्छन्। हात चलाउने नसा र खुट्टा चलाउने नसा अलगअलग हुन्छन् । गर्धनको नसाले हात चलाउने काम गर्छ भने कम्मरको नसाले खुट्टा चलाउन मद्दत गर्छ।

ढाडसम्बन्धी समस्या के के छन् 

बालबालिकादेखि युवा हुदै वृद्धावस्थासम्म पुग्दा मेरुदण्डका अनेक समस्या देखिन सक्छन्। बच्चाहरुमा ढाड बाङ्गिने समस्या देखिन्छ, जसलाई ‘स्कुलियोसिस, काइफोसिल कुलियोसिस’ भनिन्छ। यसले मेरुदण्ड नै कुप्रिने वा बाङ्गिने हुन्छ। कि त बच्चा जन्मिँदै यस्तो समस्या देखा पर्छ, कि १० वर्ष माथि लागेपछि ढाड बाङ्गिने क्रम बढ्दै जान्छ। यस्तो समस्याको पहिचानका लागि अविभावकको भूमिका महत्वपूर्ण हुन्छ।

अभिभावकहरु ढाड कुप्रिएको थाहा पाएपछि ’मेरो बच्चामा यस्तो समस्या देखियो’ भन्दै चिकित्सकहरुस“ग परामर्शका लागि आउने गर्छन्। एउटा कुम तल र अर्को माथि हुने, हिँड्दा बाङ्गिएको देखिने यस रोगका लक्षण हुन्। अभिभावकले सुरुमै यो समस्या पहिचान गरे भने उपचार पनि सहज हुन्छ। जति उमेर बढ्दै गयो, उपचार पनि जटिल र खर्चिलो हुँदै जान्छ।

कम्मरको दुखाइ, साझा समस्या

गर्धन र कम्मर दुख्ने आम नेपालीको मेरुदण्डसम्बन्धी साझा समस्या हो। मेरुदण्डका करिव ७० प्रतिशत समस्या यस्तैमा पर्छन्। महिलाहरु यो समस्यामा ज्यादा प्रताडित हुन्छन्। महिलाहरुको शारीरिक संरचना नै यस्तो हुन्छ कि उनीहरु कम्मर र गर्धनमा ज्यादा असर पर्छ।

लामो समय उभिएर काम गर्ने सुरक्षा निकायका जनशक्ति, शिक्षकहरु, मिडियामा काम गर्ने र लामो समय उभिएर अप्रेसन गर्नुपर्ने शल्यचिकित्सकहरु नै यस्तो समस्याको मारमा परेको भेटिन्छ। एकै खाले काम गर्ने किसानलगायत कारखानामा काम गर्ने कामदार पनि मेरुदण्डको समस्याबाट प्रताडित हुन्छन्। मेरुदण्डमा समस्या भएमा पूरै ‘स्पाइनल कोलम’ नै दुख्ने हुन्छ, जसलाई चिकित्सकीय भाषामा नेक पेन र ब्याक पेन भनी चिन्ने गरिन्छ।

४५ र ५० वर्ष र त्यसभन्दा माथि पुगेका प्रौढहरुमा देखिने ’हाइपोट्रोफी’ रोग लागेपछि हाड र मासु बढ्छ अनि मेरुदण्डमा परिवर्तन देखा पर्छन् । मासु बढ्ने क्रममा नसा च्यापिन थालेपछि दुइटै खुट्टा लाटो हुने, झमझमाउने, हिँड्न गाह्रो हुने, हात झमझमाउने, लेख्न गाह्रो हुने, पिसाबमा समस्या देखा पर्ने हुन्छ।

बुढ्यौलीमा नसा च्यापिने

नसा च्यापिने परिस्थिति मेरुदण्डको अर्को रोग हो। मेरुदण्डको कुनै भागमा नसा च्यापिएमा हातखुट्टा दुख्ने र झमझमाउने, हिँड्न गाह्रो हुने, कमजोर महसुस हुने लक्षण देखा पर्छ। बुढ्यौलीको सुरुवात भएपछि मेरुदण्डमा मासु बढ्ने रोग देखा पर्छ। ४५ र ५० वर्ष र त्यसभन्दा माथि पुगेका प्रौढहरुमा देखिने ’हाइपोट्रोफी’ रोग लागेपछि हाड र मासु बढ्छ अनि मेरुदण्डमा परिवर्तन देखा पर्छन्। मासु बढ्ने क्रममा नसा च्यापिन थालेपछि दुइटै खुट्टा लाटो हुने, झमझमाउने, हिँड्न गाह्रो हुने, हात झमझमाउने, लेख्न गाह्रो हुने, पिसाबमा समस्या देखा पर्ने हुन्छ। यी समग्र समस्यालाई हामीले ‘स्पाइनल स्टेनोसिस’ भन्छौँ ।

क्यान्सरको डर

स्पाइन क्यान्सर पनि निकै डरलाग्दो रोग हो। ५५ देखि ६० को उमेर समूहका लागि क्यान्सरको सम्भावना ज्यादा हुन्छ। मेरुदण्ड क्यान्सरले असह्य दुखाइ बढाउँछ। रोगको पहिचानका लागि एमआरआई, सिटिस्क्यान जस्ता विधि अपनाउनुपर्छ, जुन निकै महँगो पर्छ। ८० प्रतिशत जति बिरामीलाई एमआरआई सिटिस्क्यान, एक्सरे गरेर रोग पहिचान गर्नुपर्छ।

एउटै एमआरआईका लागि १५ र २० हजार रुपियाँ लाग्ने भएकाले यो रोग पहिचानको महँगो विधि हो। त्यसैले मेरुदण्डको उपचार खर्चिलो हो, त्यति हुँदाहुँदै पनि आम तहमा यो समस्या ज्यादा छ। नेपालमा हरेक चार जनामा तीन जनालाई यो समस्या देखा पर्छ। ८० प्रतिशत जनसंख्याले वर्षको एकपटक कम्मर या गर्धनको समस्या बेहोरेकै हुन्छ।

मेरुदण्ड रोगको उपचारका लागि स्पाइन सर्जरी आफैँमा महँगो पद्धति हो । यसमा धेरैको पहुँचमा हुँदैन। कुनै पनि मानिसको मेरुदण्ड बाङ्गो भयो, उपचार गर्नुप¥यो भने १४ देखि २० वटा स्क्रु लाग्छ। एउटाको ६ देखि १५ हजार रुपियाँसम्म पर्छ। जसले गर्दा तीनरचार लाख रुपियाँ समग्र उपचार खर्च जुटाउन नसक्नेहरु कैयौँ छन्।

५५ देखि ६० को उमेर समूहका लागि क्यान्सरको सम्भावना ज्यादा हुन्छ । मेरुदण्ड क्यान्सरले असह्य दुखाइ बढाउँछ । रोगको पहिचानका लागि एमआरआई, सिटिस्क्यान जस्ता विधि अपनाउनुपर्छ, जुन निकै महँगो पर्छ । ८० प्रतिशत जति बिरामीलाई एमआरआई सिटिस्क्यान, एक्सरे गरेर रोग पहिचान गर्नुपर्छ ।

दुर्घटनाको जोखिम

ट्रमा र त्यसबाट हुने स्पाइन इन्जुरीले पनि समस्या निम्त्याउँछ । विभिन्न दुर्घटनाजन्य कारणले हाम्रोजस्तो मुलुकमा स्पाइन इन्जुरीको समस्या विकराल छ । अहिलेको यो इन्धन संकटमा असुरक्षित यात्राका दुर्घटनाको जोखिम बढेको छ । दुर्घटनामा पर्नेहरुको हेड ट्रमा, स्पाइन इन्जुरी र अर्थोपेडिक इन्जुरी हुन्छ । यो सबै समस्या हुने सर्वसाधारणलाई नै हो । किनकि सम्पन्नहरु आफ्नै गाडीमा चढिहाल्छन् । उनीहरुको यात्रा जोखिमपूर्ण पनि हुँदैन । समस्यै भए पनि आर्थिक कठिनाइ व्यहोर्नु पर्दैन । स्पाइनसम्बन्धी रोगको उपचार आम सर्वसाधारणसम्म कसरी पु¥याउने, त्यो निकै चुनौतीपूर्ण हो । हामी स्पाइन सर्जन मिलेर यसलाई सुलभ र सस्तो बनाउनु जरुरी छ ।

जीवनशैली

ढाडसम्बन्धी रोगको प्रमुख कारणमध्ये जीवनशैली पनि एक हो। आफ्नो दैनिकीमा ध्यान नपु¥याउँदा कतिपयले ढाड र कम्मर दुखाइको पीडा सहनुपरेको हुन्छ। बिहान हामी उठ्छौँ, मोटरसाइकल वा गाडी चढेर अफिस जान्छौँ। १० देखि १५ घन्टासम्म हामी बसेर नै काम गरिरहेका हुन्छौँ। यसका कारण ढाडमा निकै दबाब हुन्छ। ढाडको ’पोस्चर’ नमिल्दा पछि गएर दुखाइ हुन्छ।

करिब ८५ देखि ९० प्रतिशत बिरामी जीवनशैली र बसाइका कारण समस्यामा पर्छन् । मैले हेर्ने मुख्य बिरामीमा बैंकरहरु ज्यादा छन् । विहानदेखि बेलुकीसम्म उनीहरु एउटै पोजिसनमा काम गरिरहेका हुन्छन् । त्यसैले उनीहरु ढाडसम्बन्धी साझा समस्याबाट पीडित छन् ।

अफिस वा अन्यत्र हिँड्दा लिफ्ट नलिएर भ¥याङ चढ्नु राम्रो हो । कुर्सीको पोजिसन पनि मिलेको हुनुपर्छ । भन्नाले ढाड ९० डिग्रीमा राखेर काम गर्नु राम्रो हो । कुप्रिएर काम गर्नु हुँदैन । पछाडि ढल्किएर पनि काम गर्नु हुँदैन । कम्प्युटर र आँखाको सतह बराबर हुनुपर्छ । लगातार काम गरेपछि हरेक ४५ मिनेटमा उठेर जिउ तन्काउनु राम्रो हो ।

कसरत आवश्यक स्वस्थ जीवनशैली र पोषणयुक्त सन्तुलित खाना नै अहिलेको आवश्यकता हो । धूमपान र मदिरामा लाग्नु हुँदैन । चुरोटले मेरुदण्डमा नराम्रो असर गर्छ । अर्को समस्या आरामदायी जीवनशैली र दैनिकी पनि हो । सहरिया जागिरेहरुले शारीरिक अभ्यास गरेको पटक्कै देखिँदैन । हामी शरीरका लागि एक घन्टा त के, १० मिनेट पनि दिन चाहँदैनौँ । विकसित मुलुकमा डाक्टरदेखि नर्सले दिनको एक घन्टा जिम गर्छन् । दिउँसोको एक, दुई बजे पनि दौडिएका हुन्छन् । फुर्सद भयो कि दौडिने संस्कार हुन्छ ।

उनीहरुमा ‘पहिले स्वास्थ्य अनि धन’ भन्ने मानसिकता छ । हामीकहाँ अर्कै पाटो छ । त्यसैले कम्तीमा पनि एक घन्टा शारीरिक परिश्रम गर्नु राम्रो हो । स्पाइनका रोगहरुको उपचारमा जति ढिलाइ हुन्छ, त्यति नै बढी समस्या र कठिनाइ हुन्छ । त्यसैले नियमित स्वास्थ्य परीक्षण गर्नु र समस्या देखिनासाथ चिकित्सककहाँ पुग्नु उत्तम हो ।

अफिस वा अन्यत्र हिँड्दा लिफ्ट नलिएर भ¥याङ चढ्नु राम्रो हो। कुर्सीको पोजिसन पनि मिलेको हुनुपर्छ। भन्नाले ढाड ९० डिग्रीमा राखेर काम गर्नु राम्रो हो। कुप्रिएर काम गर्नु हुँदैन। पछाडि ढल्किएर पनि काम गर्नु हुँदैन। कम्प्युटर र आँखाको सतह बराबर हुनुपर्छ । लगातार काम गरेपछि हरेक ४५ मिनेटमा उठेर जिउ तन्काउनु राम्रो हो। यी पक्षलाई ध्यान दिएमा ढाड वा कम्मरको दुखाइ निकै हदसम्म कम हुन्छ।

मोटरसाइकल प्रयोगकर्ता

बिगिँदो सडकका कारण मोटरसाइकल चलाउनेहरुलाई ढाडको समस्या देखिन्छ। सडकमा हुने खाल्डो र ग्राभेलले गर्दा मोटरसाइकल चलाउनेहरुको शरीरमा कम्पन पैदा हुन्छ। त्यसले मेरुदण्डमा असर पर्छ र खिइने समस्या हुन्छ। त्यसैले मोटरसाइकल सकेसम्म नचलाउन सुझाव दिए पनि त्यो व्यावहारिक हुँदैन ।

स्पाइनको समस्या दुखाइबाट नै सुरु हुन्छ। गर्धन र कम्मर दुख्ने, हातखुट्टा झमझमाउने, कि एउटा हात वा खुट्टामा दुखाइ सर्ने जस्ता समस्या हुन्छन् । नसा च्यापिएर दुखाइ सर्ने, खुट्टा या हात लाटो हुने आदि समस्या हुन्छन्। मेरुदण्डको इन्फेक्सनले दुखाइ अनि साथमा ज्वरो पनि ल्याउँछ । सजग हुनुपर्ने अवस्था के हो भने स्पाइनल समस्या भएमा दुखाइ सहेर बस्नु हुँदैन । तुरुन्त चिकित्सक या विशेषज्ञलाई भेट्नुपर्छ।

सडकका कारण मोटरसाइकल चलाउनेहरुलाई ढाडको समस्या देखिन्छ । सडकमा हुने खाल्डो र ग्राभेलले गर्दा मोटरसाइकल चलाउनेहरुको शरीरमा कम्पन पैदा हुन्छ । त्यसले मेरुदण्डमा असर पर्छ र खिइने समस्या हुन्छ । त्यसैले मोटरसाइकल सकेसम्म नचलाउन सुझाव दिए पनि त्यो व्यावहारिक हुँदैन ।

स्पाइनको समस्या दुखाइबाट नै सुरु हुन्छ । गर्धन र कम्मर दुख्ने, हातखुट्टा झमझमाउने, कि एउटा हात वा खुट्टामा दुखाइ सर्ने जस्ता समस्या हुन्छन् । नसा च्यापिएर दुखाइ सर्ने, खुट्टा या हात लाटो हुने आदि समस्या हुन्छन् ।

मेरुदण्डका समस्यालाई दुई दृष्टिकोणबाट हेर्न सकिन्छ । सर्जिकल ब्याक पेन र ननसर्जिकल ब्याकपेन । ७० प्रतिशत समस्या ननसर्जिकल हो । हरेक बिरामीलाई सर्जरी चाहिँदैन। सर्जरी नै भनेपछि बिनाचिरफार गरिने उपचार विधि छन् । म आफैँ पनि निकै कम सर्जरीका केसहरु हेर्छु। जसले औषधी वा फिजियोथेरापी वा जीवनशैली परिवर्तनबाटै अधिकांश समस्या निको हुन्छ। महिलामा ढाड दुख्ने समस्या अलि बढी नै देखिन्छ । निहुरेर बस्ने, भात पकाउने, कपडा धुने, भारी बोक्ने आदि कारणले समस्या देखिएको हो।

मेरुदण्डको विशेषज्ञ सेवा

स्पाइनको समस्या निदानका लागि स्पाइन विशेषज्ञकहाँ जानु राम्रो विकल्प हो। एउटै विषयमा केन्द्रित हुँदा दक्षता हुने भएकाले नै उनीहरु विशेषज्ञ सेवाका लागि दक्ष हुन्छन्। तर नेपालमा औँलामा गन्न सकिने मात्रै विशेषज्ञ छन् । स्पाइनको उपचार सर्वसाधारणमा लैजानु पनि जरुरी छ । गाउँमा बस्ने महिलालाई उपचार छैन । सरकारले कम्तीमा एउटा केन्द्र तोकिदिनुपर्छ, जहाँ सहुलियतमा मेरुदण्डको उपचार हो ।

स्पाइन सर्जरीमा निकै जटिल हुन्छ । स्पाइन सर्जनबाट यसको उपचार गरे जोखिम निकै कम हुन्छ । यसमा प्लारालाइसिसलगायत समस्या पर्छन् । नसामा इन्जुरी भएर नचल्ने जोखिम हुन्छ। तर अहिले अभ्यास भने अर्थो र न्युरो सर्जनले पनि सर्जरी गरिरहेका हुन्छन्। अन्तर्राष्ट्रिय अध्ययनअनुसार, विशेषज्ञबाट यस्तो सेवा लिएमा जोखिमको सम्भावना शून्य दशमलव ५ प्रतिशत मात्रै छ। त्यसैले विशेषज्ञ र दक्ष स्पाइन सर्जनबाट उपचार पाएमा उपचारका क्रममा हुने जोखिम निकै कम हुन्छ।

डा. गौरब ढकाल (डा. ढकाल नर्भिक अस्पतालमा कार्यरत छन्)

Post a Comment

तपाइको प्रतिक्रिया यहाँ तलको कोठामा छोड्नुहोस् !

पछिल्लो पोष्ट अर्को पोष्ट