जति सुकै बिजी भएपनि २ मिनेट समय दिएर अवश्य पढ्नुहोला, निकै मन छुने भनाईहरु

मन छुने भन्नुको अर्थ के हो ? पक्कै पनि मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । यहाँ त्यस्तै १० भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् ।

तपाईलाई यी १० मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ ? कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ ।

१. तिमी जिन्दगीको एउटा यस्तो मुस्कान हौ, जसले हजार दु:खमा पनि बाच्ने शाहस दिन्छ ।

२. थाहा छैन कति बाचिन्छ, जति दिन बाचिन्छ उसकै यादमा बाचिन्छ ।

३. मुस्कुराउन त जोसंग पनि सकिन्छ, तर रिसाउन त मनको नजिकको मान्छे नै चाहिदो रहेछ ।

४. याद त उसैको आउंदो रहेछ, जसले पटक-पटक मन दुखाएर जान्छ ।

५. तिमीसंग अनलाइनमा कुरा गर्दा पुर्णिमाको जुन जस्तो हुन्छ मेरो जीवन, तिमी बिना हरेक पल सुनसान लाग्छ, जीवनमा के हराए जस्तो, के गुमाए जस्तो, सायद तिमी टाढा भएर होला ।

६. आफ्नासंग यति धेरै पनि नरिसाउनुस् कि, पछीगएर बोल्नका लागि वाक्य हैन वाहना खोज्नु परोस् ।

७. सम्बन्ध पनि स्वार्थ भित्र लुकेको हुन्छ, जहाँ स्वार्थ पुरा भयो त्यहाँ सम्बन्ध आफै हराएर जान्छ ।

८. गल्ति त मैले नै गरेको हो, तिमी धनको पछी लाग्यौ र म मायाको पछी लागें ।

९. माया पनि कति अनमोल छ है, एकैछिन छाती फुटाएर रुन मन लाग्छ अनि सबैको अगाडी माया के हो भनेर सोध्न मन लाग्छ ।

१०. आफु नै साँचो र सत्य छैन भने यो स्वार्थि दुनियामा खोजेर केहि पाइने छैन ।

Post a Comment

Previous Post Next Post