काठमाडौंको दक्षिणकालीमा एक पुरूष मृत फेला

काठमाडौंको दक्षिणकालीमा एक पुरूष मृत फेला परेका छन्।दक्षिणकाली नगरपालिका-८ छैमलेस्थित ढुंगेल बस्तीको खोल्सामा एक पुरूष मृत अवस्थामा फेला परेको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।उनी शुक्रबार मृत फेला परेका थिए।

मृत्यु हुनेमा नुवाकोट घर भएका ३५ वर्षीय धनकुमार राई छन्।उनको मृत्यु के कारणले भएको भन्ने खुलिसकेको छैन। प्रहरीले घटनाको अनुसन्धान अघि बढाएको छ।

Post a Comment

Previous Post Next Post