
प्युठानको स्वगर्गद्वारी मन्दिरबाट फर्किँदै गरेको बोलेरो गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।
शनिबार दिउँसो पौने १२ बजे मन्दिर पुगेर फर्किँदै गरेको गाडी अनियन्त्रित भएर पल्टिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर विकले जानकारी दिए।
उनका अनुसार लु १ च ३५३ नम्बरको गाडी दुर्घटना हुँदा त्यसमा सवार १६ जना घाइते समेत भएका छन्।
दुर्घटनामा परी भैरहवा बस्ने ३२ वर्षीया गुडिया ठाकुरको मृत्यु भएको हो। उनको उपचारको क्रममा भ्रिङ्गी अस्पतालमा मृत्यु भएको हो।
Tags:
News