
मुगु र जुम्लामा एकै दिन छुट्टा–छुट्टै सडक दूर्घटन हुदा तीन जनाको मृत्यु भएको छ, ६ जना घाइते भएकाछन् । जिल्लाको छाँयानाथ रारा नगरपालिका-१३ रुगा गाउँबाट कर्णाली तिर आउँदै गरेको लु ४ च ६७६२ नम्बरको टयाक्टर दुर्घटना हुँदा सवार छाँयानाथ रारा नगरपालिका-१३ का २५ वर्षीय गणेश लावडको मृत्यु भएको प्रहरीले बताएको छ ।
प्रहरीका अनु्सार आइतबार विहान ९ बजे रुगाबाट कर्णालीतिर आउँदै गरेको ट्याक्टर सडकबाट २५ मिटर तल खसेरको थियो । उक्त दुर्घटनामा ट्याक्टरका चालकसहित अन्य पाँच जना घाइते भएका छन् ।
उनीहरुको जिल्ला अस्पतालमा ठिनीमा उपचार भइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी सुभाष हमालले जानकारी दिए ।
त्यस्तै जुम्लाबाट मुगु आउँदै गरेको लु १ ज ३७५४ नम्बरको जीप जुम्लाको कनकासुन्दरी गाउँपालिका-१ बुलबुलेमा दुर्घटना हुँदा छाँयानाथ रारा नगरपालिका-२ का २५ वर्षीय दीपक तिरुवाको घटनास्थलमै मृत्यु भएको हो ।
यसका साथै गम्भीर घाइते चालक दल बहादुर बुढाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारका क्रममा मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख नरेन्द्र चन्दका अनुसार उक्त जीपमा सवार अन्य ४ जना यात्रुको अवस्था भने सकुसल रहेको छ ।