
मुगु — मुगु र जुम्लाको सिमानामा पर्ने बुलबुले मैपानीमा आइतबार बिहान जिप दुर्घटना हुँदा एक यात्रुको घटनास्थलमै मृत्यु भएको छ ।
सुर्खेतदेखि मुगु गमगढीतर्फ आउँदै गरेको लु १ ज ३७५४ नम्बरको जिप मुगु जुम्लाको सिमाना बुलबुले मैपानी भन्ने स्थानमा दुर्घटना हुँदा २४ वर्षीय दीपक तिरुवाको घटनास्थलमै मृत्यु भएको र चालक दल बुढा घाइते भएको चालक शक्त घाइते भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
चालक बुढालाई उपचारका लागि जुम्ला लगिएको प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले बताए ।मृतक छायाँनाथ रारा नगरपालिका-२ तलितुम तिरुवाबाडा गाउँका रहेको बताएको छ ।
उक्त जिपमा रहेका अन्य चार यात्रु भने सकुशल रहेका छन् । दुर्घटनाको कारणबारे प्रहरीले जाँचबुझ गर्ने प्रमुख जिल्ला अधिकारी महतले बताए।
Tags:
News