
काठमाडौँ । आज साताको पहिलो दिन (आइतबार) नेपाली बजारमा सुनको उकालो लागेको छ ।
शुक्रबार तोलामा ८ सय रुपैयाँले बढेको सुनको भाउ आज पनि तोलामा २ सय रुपैयाँले बढेर ९५ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासंघका अनुसार आज तेजावी सुन ९५ हजार ३ सय रुपैयाँ तोकिएको छ ।शुक्रबार सुन तोलामा ९५ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ पनि बढेको छ। चाँदी तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार २ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।
Tags:
Economics