नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संघ र प्रदेशको चुनावमा कांग्रेसपछिको ठूलो पार्टी माओवादी बन्ने दावी गरेका छन् ।
पार्टीको सम्पर्क समन्वय समितिको कार्य क्रम मा शनि बार उनले आफूले नेपाली कांग्रेसका नेता हरुसँग यो विषयमा कुरा गरिसकेको भन्दै कांग्रेसले सहयोग नगरे सहकार्य सहज नहुने चेतावनी दिए ।
कम्तीमा पनि लेफ्ट मुभमेन्टको पहिलो हुने पुरै सम्भा वना छ’ प्रचण्डले भने, ‘मैले नेपाली कांग्रे सको नेतासँग कुरा गर्दा भने,,को छु । सायद पहिलो अहिले तपाईहरु नै हुनुहुन्छ त्यो देखियो, दोस्रो माओवादी केन्द्र हुने हो त्यसमा सहयोग गर्ने हो भने सब चिज सहज जान्छ, नभए सहज जाँदैन ।
उनले यसमा गडबड हुन नदिने भन्ै कार्यकर्ता लाई आश्वस्त हुन आग्रह गरे । ‘कम्तीमा (गठ बन्धनको) नेतृत्व तहमा राम्रो समझदारी छ, यसमा ढुक्क हुनुहोस्’ उनले भने, ‘गडबड हुन दिइँदैन यो पटक । स्थानीय तहमा जस्तो हुन दिइँदैन ।
यसरी जाँदा एक पटक देशको बागडोर माओ वादीको हातमा आउने भन्दै प्रचण्डले त्यतिबेला पछिसम्म सम्झने गरी काम गर्ने बताए ।संघ र प्रदेशको निर्वा चनमा अहिलेकै गठबन्धन कायम हुने भन्दै प्रचण्डले तालमेलमा स्थानीय तह निर्वा चनमा भएको कमजोरी सुधार्ने
बताएस्थानीय तहमा तालमेल गठबन्धन जटिल थियो, माथिबाट टिकट वितरण गर्न सकिँदैन थ्यो, हजारौंलाई टिकट वितरण गर्दा अनेक समस्या आए’ उनले भने, ‘…प्रदेश र संघमा सजिलो छ, माथिबाटै मान्छे हेरिहेरि टिकट बाँड्न पाइन्छ।