गुल्मीको छल्दी खोलामा पुरुषको शव फेला, बडिगार्डमा एक जना बेपत्ता

गुल्मी जिल्लाको छल्दी खोलामा एक जना पुरुषको शव फेला परेको छ ।जिल्लाको धुर्कोट गाउँपालिका वडानम्बर-५ गानटारी छल्दी खोलाको किनारमा इस्मा गाउँपालिका वडानम्बर-६ बस्ने ३८ वर्षहरुको टीकाबहादुर कुमालको शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नाव उपरीक्षक माधवराज खरे जी पुलले बताए ।

घटनास्थल सुरक्षित राखेको थप अनुशन्धानको लागि जिल्ला प्रहरी कार्यालय गुल्मीबाट प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठको कमाण्डमा टोली खटिएको छ ।

त्यस्तै बडिगार्ड खोलामा एक जना पुरुष बेपत्ता भएका छन् ।जिल्लाको मुसिकोट नगरपालिका वडानम्बर-४ आरुपाटा निवासी अन्दाजी ६० वर्षका तुलबहादुर अधिकारी बडिगार्ड खोलामा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले बताए।

Post a Comment

Previous Post Next Post