पहिरोमा पुरिएर दुई जनाको मृत्यु तीन जना बेपत्ता

मालिका गाउँपालिका–२ रुमको तामेङमा पहिरोले तीन घर पुर्दा दुई जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता छन् । दुई जना सख्त घाइतेको स्थानीयले उद्धार गरी उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र दरवाङ लगेका छन् ।

प्रमुख जिल्ला अधिकारी चिरिन्जिवी रानाका अनुसार मंगलबार बिहान साढे ६ बजेतिर खसेको पहिरोले घर पुर्दा नवीन र राजन विकको घटनास्थलमै मृत्यु भएको हो । पहिरोमा घामबहादुर, राजु र रोजी विक बेपत्ता भएका छन् ।

घटनास्थल पैदल दुरीमा ३ घन्टा उकालो र टाढा रहेकोले प्रहरी गरेको जनाएको छ ।पहिरोग्रस्त क्षेत्रमा भारी वर्षा भइरहेकाले बेपत्ताको खोजी र उद्धारमा समस्या भइरहेको मालिका गाउँपालिकाका अध्यक्ष वेगप्रसाद गर्वुजाले बताए ।

Post a Comment

Previous Post Next Post