खोटाङबाट काठमाण्डौ जाँदै गरेको बोलेरो दुर्घटना हुँदा १० जना घाइते

खोटाङबाट काठमाडौं जाँदै गरेको सुमोलाई बोलेरोले ठक्कर दिँदा १० घाईते भएका छन् ।

आइतबार दिक्तेलबाट काठ्माडौं जाँदै गरेको ना १ ज ७४४१ नम्बरको सुमोलाई विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश–०१–०२५ च ०३६६ नम्बरको सिंगल क्याप बोलेरोले सिन्धुलीको सुनकोसी गाउँपालिका–५ साइटारस्थित बिपी राजमार्गमा ठक्कर दिँदा १० घाइते भएका हुन् । घाइतेमध्ये ६ जना खोटाङका छन् ।

बोलेरोको ठक्करबाट सुमो चालक खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका फडिन्द्र बिक, सुमोमा सवार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८

दोर्पाचिउरीडाँडाका भक्तबहादुर बुढाथोकी, जीवन खत्री, सविन खत्री, प्रतिभा राई, बबिता राई घाइते भएको प्रहरीचौकी रातामाटा सिन्धुलीले जनाएको छ ।

Post a Comment

Previous Post Next Post