त्रिशुली नदीको किनारमा माइक्रो खस्दा १८ जना घाइते

नारायणगढ मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका २९ भोर्लेमा माइक्रो बस दुर्घटना हुँदा मुक्तिनाथ बैङ्क धादिङमा कार्यरत १८ कर्मचारी घाइते भएका छन् ।

अपराह्न ४ बजे नारायणगढबाट धादिङतर्फ जाँदै गरेको बा ३ ख ८५८८ नम्बरको रिजर्भ माइक्रो बस दुर्घटना भएको हो । घाइते मध्ये ११ जना पुरुष, ६ महिला र एक बालिका रहेका छन् ।

घाइतेमध्ये चार जना गम्भीर रहेकोमा तीन जनाको अवस्था सुधार भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । एक महिलाको अवस्था भने गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेहरूको चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

माइक्रो बस आफै अनियन्त्रित भई सडकबाट २० मिटर तल त्रिशूली नदी किनारमा खसेको हो । घाइतेहरु धादिङस्थित मुक्तिनाथ विकास बैंकको कर्मचारी रहेको बताईएको छ ।

Post a Comment

Previous Post Next Post