बाबुछोरा सवार मोटरसाइकललाई ट्रकले ठक्कर दिदाँ बाबुको मृत्यु

गम्भीर घाइते भएका मोटरसाइकल चालक गौशाला नगरपालिका–४ रजखोरका २८ वर्षीय दिलिप सहनीको उपचारका क्रममा जनकपुर स्थित प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

घाइते भएका मोटरसाइकलमा पछाडी सवार ६ वर्षीय आशिष सहनीको सोही अस्पतालमा उपचार भइरहेको छ ।माइस्थानबाट गौशालातर्फ आउँदै गरेको ना ४ ख ३३३९ नम्बरको ट्रकले आज बिहान पौने ८ बजे बिपरित दिशाबाट 

जाँदै गरेको अनटेष्ट मोटरसाइकललाई ठक्कर दिएको थियो ।ट्रक सहित चालकलाई इलाका प्रहरी कार्यालय गौशालाले नियन्त्रणमा लिएको छ ।बुटवल ज्योतीनगरका किरण ज्ञवाली वर्षा भयो कि राति निदाउँदैनन् ।

ठूलो वर्षा हुनासाथ घर नै छाडेर अन्यत्र बास बस्नुपर्ने उनको बाध्यता छ । गतवर्षको ठूलो पहिरोले धेरै घरहरु पुरिएपछि उनको परिवारले पनि करिव एक महिना बसाई छाडेको थियो । त्यसयता आकाश गर्जिन थाल्यो कि उनी रातभर जाग्राम बस्छन् ।

उनीमात्र होइन, ज्योतीनगरबासी वर्षायामका बेला रातभर जाग्राम बस्न थालेको करिव एक वर्ष भयो । उनीहरुलाई पहिरो जाने भन्दा पनि नियन्त्रण नभएकोमा चिन्ता छ । “पोहोर साल पहिरो जाँदा अवलोकन गरी ज्योतीनगरबासीको सहानुभूति बटुलेका बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डे चुनाव जितेपछि भने फर्केर आएका छैनन्”–ज्ञवालीले दुःखेसो पोखे ।

पहिरो प्रभावितहरुले पहिरो नियन्त्रणको योजना बनाउन सरकारसँग माग गर्दै आएका छन् । चुरेबाट खसेको पहिरोले गतवर्षको भदौ १३ र १४ गते ज्योतीनगरका एक दर्जन घर पुरिएका थिए भने ५० घर जोखिममा परेका थिए ।

पहिरोले ठूलो क्षति पुर्‍याएपछि पहिरो प्रभावित क्षेत्रका बासिन्दाले अव दीर्घकालीन योजना बनाएर पहिरो नियन्त्रण थाल्न माग गरेपति त्यसको लागि स्थानीय, प्रदेश र संघीय सरकारले ठोस योजना बनाएका छैनन् ।

२०५५ साल भदौ २० गते सोही क्षेत्रमा गएको पहिरोले ६० घर पुरिएका थिए । त्यसपछि विस्थापित भएका परिवारलाई सरकारले क्षतिपूर्ति दिएको थियो । तर अव राहत र क्षतिपूर्ति भन्दा पनि तत्काल ठोस योजना बनाएर पहिरो नियन्त्रणको काम थाल्न स्थानीयबासीले तीनै तहका सरकारलाई दवाव दिन थालेका छन्

Post a Comment

Previous Post Next Post