भारत तस्करी हुन लागेको ३६ केजी गाँजासहित एक जना पक्राउ गरेको छ ।इलाका प्रहरी कार्यालय रानी विराटनगरले सोमबार मध्यरात भारत तस्करी हुन लागेको ३६ केजी गाँजासहित एक जना भरियालाई पक्राउ गरेको हो ।
मोरङ जहदा गाउँपालिका –२ हरीनगरा स्थित भारततर्फ तस्करी हुन लागेको ३६ केजी प्लास्टिकमा प्याक गरी टाउकोमा बोकी लादै गरेको गाँजासहित २५ वर्षीय मुकेश गुरुङलाई पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।
Tags:
News