पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ

पोखरा महानगरपालिका-६ डिहिकोपाटनमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ ।

गएरातिदेखिकाे वर्षापछि घरमाथिबाट आएको पहिराेले पुरिँदा सन्तोष सुनारको ज्यान गएकाे हाे । पहिरोमा परेर सुनिता सुनार र सिमन सुनार घाइते भएका छन् । सन्तोष सुनिताका भाइ हुन् ।

सुनिताको पोखराकाे गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्कीका निमित्त प्रहरी प्रमुख डीएसपी सुन्दर तिवारीले जानकारी दिनुभयाे । सुनिता र सिमन दुवैकाे स्वास्थ्य अवस्था सामान्य रहेको उहाँले बताउनु भयाे ।

Post a Comment

Previous Post Next Post