एकै दिन पाँच जना मृत्य अवस्थामा फेला

मुस्ताङ, स्याङ्जा, तनहुँ, ओखलढुंगा र कपिलवस्तुमा पाँच जना मृत अवस्थामा फेला परेका छन् ।

मुस्ताङको घरपझोङ गाउँपालिका–५ धुम्बास्थित स्याउ बारीमा धादिङ खनियाबास गाउँपालिका–४ दार्खा घर भएका ४९ वर्षीय चन्द्र बहादुर तामाङ मंगलबार मृत अवस्थामा फेला परेका हुन् ।

स्याउ बारीमा पानी लगाउन भनी गएका उनी घर नफर्किएपछि खोजी गर्ने क्रममा उक्त स्थानमा उनको शव फेला परेको हो ।


स्याङ्जाको पुतलिबजार नगरपालिका–१३ राङखोलास्थित आँधिखोलामा फेदिखोला गाउँपालिका–२ चनौटे बस्ने ५२ वर्षीय श्याम बहादुर गोदार मंगलबार मृत अवस्थामा फेला परेका छन् ।


तनहुँको म्याग्दे गाउँपालिका–७ वर भञ्ज्याङ बस्ने ७१ वर्षीया सेती कुमारी सेन आफ्नै घरभित्र मंगलबार मृत अवस्थामा फेला परेकी छिन् ।


ओखलढुङ्गाको चम्पादेबी गाउँपालिका–२ नवलपुरस्थित सुनकोशी नदीको किनारमा हाल पहिचान नखुलेका पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् ।


कपिलवस्तुको वाणगङ्गा नगरपालिका–६ भकलापुर घाटस्थित वाणगंगा नदीको किनारमा हाल पहिचान नखुलेकी महिला मृत अवस्थामा फेला परेकी छिन् ।


सबै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Post a Comment

Previous Post Next Post