रुकुम पश्चिममा झडप हुँदा एक जना घाइते हेलिकप्टर मार्फत सुर्खेत लगियो

रुकुम पश्चिमकाे आठबीसकाेटमा झडप हुँदा एक जना घाइते भएका छन्। घाइते भएका युवकलाई उपचारका लागि हेलिकप्टरबाट सुर्खेत लगिएकाे छ । आइतवार दिउँसो आठबीसकोट।

नगरपालिका ९ राडी बजारमा भएको झडपमा घाइते भएका आठबीसकाेट ११ का निलकमल शाहलाई हेलिकप्टरबाट सुर्खेत पठाइएकाे जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएकाे छ । प्रहरीका अनुसार राडी बजारमा फेन्सी पसल सञ्चालन गर्दै आएका शाह र अन्य दुई युवाबीच आइतवार दिउँसो ४ बजेतिर झडप भएको हो ।

घाइते शाहलाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) विष्णुप्रसाद सोतीले जानकारी दिनुभयो । उहाँका अनुसार शाहको टाउकोमा गम्भीर चोट लागेको छ । आठबीसकोटकाे नगर अस्पतालमा सामान्य उपचार गरेर थप उपचारका लागि शाहलाई सुर्खेत पठाइएको हो ।

Post a Comment

Previous Post Next Post