आजको राशिफल, वि.सं. २०७९ श्रावण १६ गते साेमवार, भाेलेनाथकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

वि.सं. २०७९ श्रावण १६ गते सोमवार तदनुसार ई. सं. २०२२ अगस्ट ०१ तारिख, नल नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, कलिगत ५१२३, शाके १९४४, नेपाल सं. ११४२, किरातवर्ष ५०८२, मञ्जुश्री वर्ष २८५८, हिजरी सं. १४४४, इटहरी, सुनसरी, नेपालमा सूर्योदय : बिहान ०५:२१ बजे र सूर्यास्त : साँझ ०६:४२ बजे, चन्द्रोदय : बिहान ०८:१५ बजे र चन्द्रास्त : बेलुका ०८:४६ बजे,

काठमाण्डौ, नेपालमा सूर्योदय : बिहान ०५:२७ बजे र सूर्यास्त : साँझ ०६:५२ बजे, पोखरा, कास्की, नेपालमा सूर्योदय : बिहान ०५:३२ बजे र सूर्यास्त : साँझ ०६:५९ बजे, कञ्चनपुर, महाकाली, नेपालमा सूर्योदय : बिहान ०५:४५ बजे र सूर्यास्त : साँझ ०७:१५ बजे, श्रावण शुक्लपक्ष (गुँलाथ्व) चतुर्थी/चौथी तिथि, मध्यरात्रीपछि ०२:३६ बजेसम्म, त्यसपछि पञ्चमी तिथि, पूर्वाफाल्गुनी नक्षत्र, दिउँसो ०३:०१ बजेसम्म,

त्यसपछि उत्तराफाल्गुनी नक्षत्र, चन्द्रमा सिंह राशिमा, बेलुका ०९:१५ बजेसम्म, त्यसपछि कन्या राशिमा, परिघ योग, साँझ ०६:५७ बजेसम्म, त्यसपछि शिव योग, सुरुमा वणिज करण दिउँसो ०२:३० बजेसम्म, त्यसपछि विष्टि/भद्रा करण मध्यरात्रीपछि ०२:३६ बजेसम्म, अन्तिममा बब करण, (भद्राको वास : पाताललोक), आनन्दादि योग : ध्वज, चन्द्रवणर् : रातो (बेलुका ०९:१५ बजेसम्म), त्यसपछि कालो, चन्द्रदिशा : पूर्व (बेलुका ०९:१५ बजेसम्म), त्यसपछि दक्षिण, योगिनीदिशा : नैऋत्य, वारशूल : पूर्व, वाणपञ्चकमध्ये चोर वाण : बिहान ०४:४५ बजेदेखि भोलि बिहान ०५:५६ बजेसम्म, कालराहु चक्रमा कालको दिशा : वायव्य र पाशको दिशा : आग्नेय, आज : श्रावणी सोमवारको व्रत, आजको मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), फणिचक्र, चुल्लीचक्र, हलचक्र

आगामी ३ दिनभित्रपर्ने चाडपर्व, उत्सव र मुहूर्तादिको विवरण :- १७ गते : नागपञ्चमी, (नाग टाँस्ने दिन), ललितपुरको दानघाट, धापाखेल, नागदह, नागपोखरी, टौदह आदि विभिन्न नागस्थानमा मेला, कल्की जयन्ती, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), १८ गते : कल्की जयन्ती, मुहूर्त : अग्निवास (यज्ञ र हवनादि), शिववास (रुद्रीपूजा/रुद्राभिषेक), शिलान्यास (सामान्य), वस्त्राभरण, पुराण श्रवण, कलशचक्र १९ गते : गोस्वामी तुलसी दास जयन्ती, मुहूर्त : शिववास (रुद्रीपूजा/रुद्राभिषेक), अन्नप्राशन (पास्नी), वस्त्राभरण, द्रव्यप्रयोग, डेरा सर्ने, कलशचक्र

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आत्मबल र सामर्थ्य प्रदर्शन गरी अरुलाई प्रभावित बनाउन सकिने छ, जसबाट महत्त्वपूणर् उपलब्धिको बाटो खुल्नेछ । यो तीव्र इच्छाशक्ति र आन्तरिक ऊर्जाले भरिपूणर् समय हो । व्यक्तित्व विकास र उज्ज्वल भविष्यको कामना राखी काम गर्ने समय हो, प्रयास गरेमा इनसर्भिस अध्ययन वा तालिमको अवसर प्राप्त हुनेछ । लवमेटसित भेटघाट एवं गफगाफ गर्ने मौका जुर्नेछ, त्यस्तै अपेक्षित माया, सहयोग एवं समझदारी कायम हुनेछ ।

आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ५, शुभ रङ सेतो र शुभ दिशा पूर्व उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कुमुदप्रियायै नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

धनार्जनका दृष्टिले उत्तम समय देखिन्छ, हाकिम वा मान्यजनको विश्वासपात्र बन्न सकिने छ, घर परिवारबाट पनि सुखद समाचार प्राप्त हुनेछ । अचल सम्पत्ति, शेयर कारोबार, घरेलु प्रयोजनका सामाग्री र भोगविलासका क्षेत्रबाट फाइदा लिन सकिने छ । थोरै समय घरपरिवारमा खर्च गरेको जाती हुन्छ । घरायसी बन्दोबस्तीमा समय दिन पाइँदैन, परिवारका सदस्यहरूले पनि खिन्नता प्रकट गर्नेछन्, त्यस्तै पराइसँग व्यवहार गर्दा निश्चित दूरी कायम राख्नु ठीक हुन्छ ।

आज २० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ४, शुभ रङ घिउ रङ र शुभ दिशा उत्तर उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ सों सोमाय नम यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

गरेको मिहिनेतको राम्रो नतिजा प्राप्त हुनेछ । साथीभाइ र अभिभावकका बीचमा आत्मसम्मान झल्किने अवसर प्राप्त हुनेछ । बन्धुवान्धव र छरछिमेकका काममा सघाउनुपर्ने परिस्थिति बन्नेछ । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन गर्दा शान्तिको आभास हुनेछ । सहकर्मी र जुनियर स्टाफको काममा अलमलिंदा नियमित काममा बाधा पुग्नेछ, तथापि आत्मसन्तुष्टि र प्रसन्नता मिल्ने दिन हो ।

आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ सिम्रिक रातो र शुभ दिशा पश्चिम उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ भालचन्द्राय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

सुख एवं समृद्धि बढ्नेछ, पार्टनरको इच्छानुसार खर्च हुनसक्ने भएकाले बजेटको चाँजो छ छैन, विचार पुर्याउनु होला । आम्दानीको मार्ग बढ्नेछन् । शङ्कास्पद कारोबार र गलत तरिकाबाट समेत धनार्जन गर्ने सम्भावना छ, तर रिस्कमा काम नगर्नु होला । स्थिर कारोबारका माध्यमबाट लाभ लिन सकिने छ । कला, कविता र साहित्यमा रूचि बढ्नेछ तथा यस क्षेत्रकै व्यवसाय छ भने राम्रो मुनाफासमेत हुनेछ ।

आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ घिउ रङ र शुभ दिशा दक्षिण उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ श्रां श्रीं श्रौं सः चन्द्राय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आफन्त र प्रियजनसँग भेटघाट हुनाले आनन्दित भइने छ, जीवनसाथीलाई प्रसन्न तुल्याउने प्रयास गर्नुहोस्, प्रसन्नतामा अझ बृद्धि हुनेछ । आफ्नो रूचिको विषयमा अगाडि बढ्ने थुप्रै अवसरहरू देखा पर्नेछन् । प्रयास गरेमा खूबी र क्षमताको पहिचान हुने समय छ । इच्छाशक्ति बढ्नेछ भने मानसम्मान र प्रतिष्ठा बढाउन गरिएको काममा सफल भइने छ, हिजोअस्तिका तुलनामा केही न केही धनार्जनको अवसर मिल्नसक्छ ।

आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ गाढा रातो र शुभ दिशा पूर्व उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ चन्द्रघण्टायै नमः यस मन्त्रलाई कम्तीमा ०९ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

मनको हठ र कुण्ठामा भुलिने समय छ, तर पढाइ छाडेर अन्त भुलिनु भविष्य बिगार्ने कुरा हो भन्ने हेक्का राख्नुपर्छ । अवसर प्राप्तिका निमित्त दौडधूप र परिश्रम गर्नुपर्ने समय हो, तर आफ्ना भावनालाई नियन्त्रणमा राखी व्यवहार गर्नु समुचित हुन्छ, नत्र यसबाट अरुलाई मात्र होइन, आफू स्वयंलाई समेत हानी पुग्नसक्छ । रामरमाइलो गर्न खोज्दा तोकिएको जिम्मेबारीप्रति ध्यानकेन्द्रित गर्न सकिंदैन, त्यस्तै कुनै पुरानो समस्या सुल्झाउने क्रममा पनि दिन बित्नसक्छ ।

आज ४५ प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ३, शुभ रङ सेतो र शुभ दिशा उत्तर उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नमः पशुपतये यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

सरकारी कामकाज वा प्रशासनिक समस्या देखिएका छन् भने कागजपत्र मिलाउन उपयुक्त समय छ । सँगीसाथी र सहयोगीले तपाईंको काममा सहयोग गर्नेछन् । सरकारी काम, ठेकापट्टा वा अन्य कुनै कारोवार छ भने अड्किएको काम फुकाउन सकिने दिन हो । प्रयास गरेमा आज जुनसुकै क्षेत्रमा लाभ पाउन सकिन्छ । आर्थिक एवं व्यवहारिक दुवै पक्ष बलियो छ, व्यक्तिगत प्रतिष्ठाका लागि अझ धेरै खट्ने समय हो । पारिवारिक उन्नतिका लागि कुनै नवीन कार्यको शुभारम्भ हुनेछ ।

आज ९० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क २, शुभ रङ सेतो र शुभ दिशा पश्चिम उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शशिशेखराय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

कर्मक्षेत्रमा दिलचस्पी जाग्नुका साथै नाम र व्यक्तित्वको सुगन्ध फैलने समय हो । व्यक्तित्व निर्माण वा प्रतिष्ठा बृद्धिको कुनै अवसर प्राप्त भएमा त्यसमा लागी पर्नु राम्रो हुन्छ । कर्मको प्रतिफल हात पार्ने तथा पदासीन व्यक्तित्वसँग निकटता बढ्ने दिन हो, लगनशील भएमा पुरस्कार र बढुवा पाउन सकिने छ । परिबन्द र बाध्यतामा अलमलिनु पर्ने समय छ, तर पनि आपसी समन्वय र तालमेल कायम रहने दिन हो ।

आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क १, शुभ रङ रङ्गीबिरङ्गी/छिरबिरे र शुभ दिशा दक्षिण उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

लामो समयदेखि गर्छुगर्छु भनेर अड्किएका कुनै पनि काम छन् भने सहयोगी र जुनियर स्टाफको सहयोग लिएर फेरि ती काम थाल्नुहोस्, पूणर् हुनेछन् । लवमेटका तर्फबाट कुनै सुन्दर उपहार प्राप्त हुनेछ, जुन तपाईंको प्रेमसम्बन्धको दीगो प्रतीक बन्नसक्छ । मातापिता र गुरूजनसित अति सुमधुर सम्बन्ध कायम हुनेछ । सुदूर र दुर्गम प्रदेशको भ्रमणको योजना बनाउने दिन हो ।

आज ९० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ९, शुभ रङ पहेंलो र शुभ दिशा पूर्व उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

वैदेशिक प्रयोजनको कुनै व्यवसायिक यात्रामा निस्कन अनुकूल समय रहेको छ । अप्ठ्यारो धन उकास्नु छ वा टाढा पुगेर कुनै लगानी उठाउनु छ भने प्रयास गर्नुहोला । लो ब्लडप्रेसरको समस्या छ भने स्वास्थ्यस्थितिप्रति सचेत हुनुपर्छ, त्यस्तै कुनै चिन्ता वा शङ्काले पिरोलेको छ भने विश्वस्त व्यक्तिसामु आफ्ना कुरा राखेमा मनको बोझ हट्नेछ । किताब, प्राक्टीकल र ल्यापटपमा मात्र घोरिएर दिमाग भारी हुने समय छ, एकाग्रताका लागि ध्यान, मेडिटेशन र योग गर्नु राम्रो हुन्छ ।

आज ०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ८, शुभ रङ कालो र शुभ दिशा उत्तर उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ अन्तकाय नमः यस मन्त्रलाई कम्तीमा २१ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

प्रविधिको प्रयोग गरेर वा अनलाइन गतिविधिमार्फत अतिरिक्त लाभ हुनसक्छ । ढुवानी र आयातनिर्यातको काममा संयमता अपनाउनु ठीक हुन्छ । सुखद वातावरणमा सुखपूणर् र आनन्दपूर्वक समय व्यतीत हुनेछ । दाम्पत्यसुख बढ्नेछ, साथीभाइ र मित्रवर्गले पनि साथ दिने समय छ । जागरुकता र इच्छा बढ्ने समय हो, तपाईं कला वा अभिनय क्षेत्रको शिक्षार्थी हो भने सोचेको कुरा लिपिबद्ध गर्नुहोला, भविष्यमा काम दिनेछ ।

आज ६० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ७, शुभ रङ रङ्गीबिरङ्गी/छिरबिरे र शुभ दिशा पश्चिम उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ शुं शुक्राय नमः यस मन्त्रलाई कम्तीमा ११ पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

व्यक्तिगत इज्जत र साख राख्न सकिने दिन हो, तर पनि स्वाभिमान र घमण्डका कारण केही समस्याहरू सिर्जना हुनसक्छन् । अर्काका कुरा सुनेर पार्टनरको जीवनचर्या र व्यवहारमा शङ्का नगर्नु होला, नत्र आपसी सम्बन्धमा फाटो बढ्न सक्छ । पेसागत र व्यवसायिक परिस्थिति सामान्य रहनेछ, तर स्वास्थ्यस्थितिमा केही उतारचढाव देखिनाले चिन्ता बढ्न सक्छ ।

आज १०० प्रतिशत भाग्यबल रहेको देखिन्छ । आजका लागि शुभअङ्क ६, शुभ रङ गुलाबी वा सिन्दुरे र शुभ दिशा दक्षिण उपयोगी मानिन्छ । त्यस्तै कुनै नगरी नहुने काम छ वा अचानक यात्रामा जानुछ भने आज ॐ ऋणहर्त्रे भौमाय नमः यस मन्त्रलाई कम्तीमा १० पटक जाप गरी प्रारम्भ गर्नुहोस्, अवश्यमेव लाभ प्राप्त हुनेछ ।

(द्रष्टव्य : यो पञ्चाङ्गको सूर्योदय, सूर्यास्त, तिथि, नक्षत्र, योग, करण आदिमा उल्लिखित समयादि इटहरी, सुनसरी, नेपालको अक्षांश : २६:४० उत्तर तथा देशान्तर : ८७:१६ पूर्व र नेपालको निर्धारित राष्ट्रिय समयलाई आधार मानी सूर्यसिद्धान्तको प्रयोग गरी गणना गरिएको हो, साथै राशिफल लेख्दा चन्द्रमाको दैनिक गति, चन्द्रमामा पर्ने शनि एवं बृहस्पतिको दृष्टि, वेधस्थान र विपरीत वेधस्थान समेतको गणना गरिएको छ)

Post a Comment

Previous Post Next Post