प्युठान दुर्घटनामा उपचारको क्रममा २ जनाको ज्यान गयो

प्यूठान — शनिबार दिउँसो स्वर्गद्वारीबाट फर्किंदै गरेको जीप दुर्घटनामा घाइते भएका दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

बुटवलमा उपचाररत रुपन्देही सिद्धार्थनगर नगरपालिका वडा नं. ४ निवासी ५४ वर्षीया कान्ति कर्ण र मायादेवी गाउँपालिका वडा नं. ३ निवासी ७० वर्षीया पटवारी कुहारको मृत्यु भएको प्रहरीले जनाएको छ ।

लु ३ च ३५३ नम्बरको जीप दुर्घटनामा मायादेवी गाउँपालिका वडा नं. ३ निवासी ३२ वर्षीया गुडिया ठाकुरको घटनास्थलमै मृत्यु भएको थियो ।

Post a Comment

Previous Post Next Post