बाढी पहिरो आउदा ६९ जनाको मृत्यु

इरानमा एक हप्ताभन्दा बढी समयसम्म चलेको भारी वर्षाका कारण आएको बाढीले देशभरि मृत्यु हुनेको सङ्ख्या ६९ पुगेको छ । बाढी पहिरोका कारण ३९ जना घाइते भएका छन्  अन्य ४५ जना हराइरहेका विपद् व्यवस्थापन अधिकारीले बताए ।

राष्ट्रिय प्रकोप व्यवस्थापन संगठन (एनडीएमओ)का उप–प्रमुख नेजाद जहानीले अर्धसरकारी तास्निम न्यूज एजेन्सीलाई बताए । देशका २४ प्रान्तका ६६१ क्षेत्रमा खोज, उद्धार र सहायता परिचालन भइरहेको उनले बताए ।उद्धारलाई बढाी प्रभाबित तेहरान प्रान्तको फिरुज्कुह काउन्टीमा केन्द्रित गरिएको र बाढीले अवरुद्ध गरेका सडकहरू पुनः खाल्ने काम गरिएको इरानी रेडक्रिसेन्ट सोसाइटीका अध्यक्ष पिर–होसिन कोलिभान्डले बताएका छन्  ।

उद्धार कार्य जारी रहेकाले घाइते तथा मृतकको संख्या थप बढ्ने सम्भावना रहेको जाहानीले बताएका छन्  । बाढीका कारण इस्फाहान प्रान्तका १८ जिल्लामा अनुमानित २८ करोड १२ लाख अमेरिकी डलर बराबरको क्षति भएको बताइएको छ ।

बाढीले चार हजार हेक्टर खेतीयोग्य जमिन, ५० हेक्टर क्षेत्रफलमा बगैँचा, ३०सामुहिक पशुपालन केन्द्र र १० माछा खेती फार्मलाई प्रभावित बनाएको इस्फाहान, प्रकोप व्यवस्थापन संगठनका महानिर्देशक मनसौर शिशफोरशले बताए ।

उनले प्रदेशमा भीषण वर्षाका कारण ९८ किमी सडक र ६१ वटा भवन तथा पुलमा पनि क्षति पुगेको उल्लेख गरे । इरानमा भारी वर्षा सोमबारसम्म जारी रहने अनुमान गरिएको छ

Post a Comment

Previous Post Next Post