आज (सोमबार) यति धेरैले घट्यो सुनको मूल्य हेर्नुहोस तोलाको कती

आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको भाउ तोक्दै सुनको मूल्य घटेको जानकारी दिएको हो ।

यसैगरी, आज चाँदीको मूल्य पनि घटेको महासंघले जनाएको छ । जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९४ हजार ९०० रुपैयाँ छ ।

हिजो आइतबार छापावाल सुनको मूल्य ९५ हजार ८०० र तेजाबी सुनको मूल्य ९५ हजार ३०० रुपैयाँ थियो । गत साताको शुक्रबारको तुलनामा हिजो आइतबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले बढेको थियो । शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ६०० र तेजाबी सुनको मूल्य ९५ हजार १०० रुपैयाँ थियो ।

सुनको मूल्य घटेको दिन चाँदीको मूल्य पनि घटेको छ । महासंघले आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १२ सय २० रुपैयाँमा कारोबार भइरहेको जानकारी दिएको छ । हिजो आइतबार चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँ थियो ।

Post a Comment

Previous Post Next Post