रामेछापमा सवारी दुर्घटनामा २२ जनाको मृत्यु

रामेछाप जिल्लामा यस आर्थिक बर्षमा जिल्लाभित्र ४२ वटा सवारी साधन दुर्घटना हुँदा २२ जनाले ज्यान गुमाएका छन् । ३३ वटा दुर्घटना हुँदा २२ जनाको निधन भएको हो ।

जिल्ला प्रहरी कार्यालय रामेछापका डिएसपी राजकुमार थिङले दुर्घटनामा परी ९८ जना घाइते भएको रामेछाप न्युजलाई जानकारी दिए ।

रामेछाप जिल्लामा यस बर्ष एक साता अघि सुनापति गाउँपालिका–५ खनियापानीको लुभुघाटमा यात्रुबहाक बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालयले सवारी साधन दुर्घटना न्युनिकरण गर्नको लागि चालकहरुलाई चेतनामूलक कार्यक्रम सञ्चालन गर्ने बताएको छ ।

Post a Comment

Previous Post Next Post