मेयर हर्क साम्पाङको कार्यकक्ष तोडफोड (हेर्नुहोस्)

धरान उपमहानगरपालिका जनप्रीय मेयर हर्क साम्पाङको कार्यकक्ष तोडफोड गरिएको छ ।बराह सहकारीमा बचतकर्ताको करिब ८ अर्ब रुपैयाँ हिनामिना गरेको भन्दै बराह सहकारी पीडितहरु आन्दोलनमा उत्रिएका छन् ।

आन्दोलनमा पुगेका प्रर्दशनकारी आक्रोशमा उपमहानगरपालिकामा पुगेर मेयरको कार्यालय तोडफोड गरेका हुन् । आफुहरु सहकारी पीडित भएको भन्दै विगत १ वर्षदेखि धरानका २० वटै वडाका निक्षेपकर्ताहरु आन्दोलनमा छन् ।

मेयर साम्पाङले आन्दोलनकारीलाई । ‘मलाई सोधेर पैसा दिएको हो र’ भन्ने जवाफ दिएपछि पीडितहरु झन आक्रोसित भएर कार्यालय तोडफोड गरेका हुन् ।

Post a Comment

Previous Post Next Post