पहिरोमा परी एकै परिवारका पाँच जनाको मृत्यु

म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामेङ गाउँमा गएकाे पहिरोमा परेर एकै परिवारका पाँच जनाकाे ज्यान गएकाे छ ।आज बिहान गएकाे पहिराेमा परेर ३६ वर्षीय घामबहादुर विक, ३४ वर्षीया राममाया विक, ७

वर्षीया अस्मी पटेल, १८ वर्षीय नवीन विक र १४ वर्षीय राजन विककाे ज्यान गएकाे हाे ।पहिराेमा परेर ६५ वर्षीय गाेठे विक र ६३ वर्षीया गाेरी विक गम्भीर घाइते भएका छन् ।

आज बिहान बस्तीमाथिबाट खसेको पहिरोले घामबहादुर विक र गोठे विककाे घर बगाएकाे थियाे । पहिराेमा परेका दुई जनाकाे घटनास्थलमै र अन्य बेपत्ता तीनकाे शव पुरिएकाे अवस्थामा भेटिएकाे हाे।

जिल्ला प्रहरी कार्यालय म्याग्दीले घाइते दुई जनालाई रुम स्वास्थ्यचौकीमा उपचार गरी मौसम अनुकूल भएपछि थप उपचारका लागि दरबाङ पठाउने तयारी भइरहेको जानकारी दिएकाे छ ।

बेपत्ता भएका उनीहरुको खोजीका लागि इलाका प्रहरी कार्यालयबाट प्रहरी टोलीसहित स्थानीयवासी घटनास्थल पुगेका थिए ।

Post a Comment

Previous Post Next Post