उदयपुर — सप्तकोसी नदीमा पानीको बहाव बढेर कटान सुरु गरेपछि आसपासका बस्ती जोखिममा परेका छन् । अहिले सशस्त्र प्रहरीले जोखिममा रहेका परिवारलाई स्थानान्तरण गरिरहेको छ ।
प्रदेश-१ का प्रहरी प्रमुख डीआईजी सुदीप गिरीका अनुसार कटानका कारण ती बस्ती जोखिममा परेका हुन् । सप्तकोसीको पानीको बहावले अहिले करिब ५० मिटरजति जमिन कटान गरिसकेको छ ।
गृह मन्त्रालयको निर्देशनपछि प्रहरीले जोखिममा रहेका बस्तीका नागरिकलाई नजिकका सार्वजनिक स्थान र आफन्तकोमा पठाउने काम गरिरहेको छ ।
उदयपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवास बोहोराले प्रभावित बस्तीका नागरिकलाई अन्यत्र सार्ने काम भइरहेको बताए ।
क टानले सबैभन्दा बढी डुम्रिकोट र लाहुरेखोँचमा प्रभावित बनाएको प्रहरीले जनाएको छ
Tags:
News