यस्तो छ ४ जनाको शव भेटिएको घर

काठमाडौंको तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली, पदमसालमा सोमबार विहान दिनेश पाण्डेका घरका सबै जना मृत अवस्थामा भेटिए ।

घ टनास्थलमा पुगेको प्रहरी टोलीले दिनेशको एक एउटा कोठामा र पत्नी सुनीता, छोरा आशिक र छोरी आशिकाको शव अर्को कोठामा फेला पारेको छ ।

दिनेशले पत्नी र छोराछोरीको हत्या गरेर आफूले आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको प्रहरीको भनाइ छ । प्रहरीले ४ पेजको ‘सुसाइड नोट’ पनि घटनास्थलमा भेटेको छ ।

सोमबार विहानैदेखि घटना भएको घर र वरपर सर्वसाधारणको भीड लागेको छ । पाण्डे परिवारको एक तले घरको भित्र, बाहिर र सडकमा समेत सर्वसाधारणको भिड लागेको छ ।

Post a Comment

Previous Post Next Post