यिनै श्रीमान श्रीमती हुन् जसको सम्पतिको लफडाले पुरै परिवार नै सखाप भयो

काठमाडौं – काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर २ स्थित पदमसालमा श्रीमान–श्रीमतीको विवादले परिवार नै सखाप भएको छ ।

पारिवारिक विवाद र त्यसमाथि सम्पत्तिको लफडाले एकै परिवारका ४ जनाको विभत्स हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।प्रहरीका अनुसार मृतकमा श्रीमान–श्रीमती र दुई छोराछोरी रहेका छन् ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्ण कोइरालाका अनुसार मृतकमा ४१ वर्षीय दिनेश पाण्डे, ३९ वर्षीया सुनिता पाण्डे, १३ वर्षीय आशिका पाण्डे र ८ वर्षीय आशिक पाण्डे रहेका छन् । दिनेश र सुनिता श्रीमान श्रीमती हुन् भने आशिका र आशिक छोराछोरी हुन् ।

युके जाने तयारीमा रहेकी सुनिताको शरीरका ७ भन्दा स्थानमा चक्कुको प्रहार गरेको देखिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।प्रहरी अनुसन्धानबाट पहिला श्रीमती र त्यसपछि दुई छोराछोरीको हत्या गरेर दिनेशले आत्महत्या गरेको खुलेको छ।

गोरखाको भीमसेन थापा गाउँपालिकास्थित आश्राङ घर भएका उनीहरुको पदमसालमा एक तले घर थियो भने घर नजिकै चोकमा फेन्सी पसल रहेको थियो ।

Post a Comment

Previous Post Next Post