यस्तो छ आजको सुनको मूल्य हेर्नुहोस तोलाको कती

काठमाडौँ । आज साताको पाँचौ दिन (बिहीबार) नेपाली बजारमा सुनको भाउ थोरै उकालो लागेको छ । सुनको मूल्य आज तोलामा ८०० रुपैयाँले बढेको हो ।

आज छापावाल सुन तोलामा ९६ हजार १०० रुपैयाँमा र तेजावी सुन प्रतितोला ९५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ।

महासंघका अनुसार, हिजो बुधबार छापावाल सुन ९५ हजार ३ सय रुपैयाँमा र तेजावी सुन प्रतितोला ९४ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको भाउ भने आज स्थिर रहेको छ । चाँदी हिजोकै मूल्य प्रतितोला १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ।

Post a Comment

Previous Post Next Post